SamwadKhabar logo

समाचार

सिंगौल एफ.सि ए र रतनपुर युनाइटेड युथ क्लबको बिजयी सुरुवात

संवाद खबर

संवाद खबर

सिंगौल एफ.सि ए र रतनपुर युनाइटेड युथ क्लबको बिजयी सुरुवात
बारा निजगढ, नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिन आईतबार दुई खेल भएको छ । आज सिंगौल एफ.सि ए टिम बिरुद्घ शान्तिटोलि युनाइटेड टिमको पहिले र रतनपुर युनाइटेड युथ क्लब ए टिम बिरुद्घ नमोबुद्घ आधुनिक क्लब बिच दोस्रो खेल भएको थियो । पहिलो खेलमा सिंगौल एफ.सि ए टिमले शान्तिटोलि युनाइटेड टिममाधि सजिलै जित हासिल गरेको छ । सिंगौल एफ.सि ए टिमले शान्तिटोलि युनाइटेड टिमलाई ६–० को फराकिलो अन्तरले जित हासिल गरेको हो । सिंगौल एफ.सि ए टिमका सागर कुवरले ४ गोल गर्न सफल भएका थिए भने चाङ्बा वाइबा र अर्बिन्द थापाले एक एक गोल गरेका थिए । खेलको २४ औं मिनेटमा सिंगौल एफ. सि ए टिमका मंगल सिङको प्रहार गोलरक्षकले रोक्ने क्रममा गोलरक्षकको हातबाट बाहिरिएको बललाई सागर र्कुवरले गोलमा परविर्तन गरि टिमलाई अग्रसता दिलाएका थिए भने खेलको ४३ मिनेटमा अर्बिन्द थापाको पासलाई गोलमा परिवर्तन गर्न सफल भएका थिए यस्तै खेलको ४८ मिनेटमा सुबन सापकोटाको पासलाई गोलमा परिवर्तन गर्दै ह्याट्रिक गर्न र्कुवर सफल भएका थिए । उनले पुर्ण खेलको ६९ मिनेटमा रोशन थापाको क्रस पासलाई गोलमा रुपान्तरण गर्दै ४ गोल गरेका थिए । यस्तै खेलको ५६ र ६२ औं मिनेटमा चाङ्बा वाइबा र अर्बिन्द थापाले एक एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सिंगौल एफ. सि ए टिमका सागर र्कुवर घोषित भए, उनले ४ गोल गरेका थिए भने सिंगौलका सुबन सापकोटाले फल गरेपछि पहेलो कार्ड पाएका थिए । प्रतियोगिता अन्तर्गत सोमबार दुईवटा खेलहरु हुनेछन । दिउसो १२ः३० मा हुने पहिलो खेलमा सिंगौल फुटबल क्लव ए र हिमाल फुटबल क्लव बीच प्रतिस्पर्धा हुनेछ भने दिउसो २ः३० बजे हुने दोश्रो खेलमा बाघ भैरव युवा क्लव र निजगढ युनाईटेड बीच प्रतिस्पर्धा हुनेछ । शहिद हिरालाल रंगशालामा फागुन १४ गतेसम्म सम्म संचालन हुने प्रतियोगिताको बिजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ । इन्दिप कोइराला, बारा

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि