SamwadKhabar logo

               

विविध

बूढानीलकण्ठमा विपद प्रतिकार्यका लागि तालिम

संवाद खबर

संवाद खबर

बूढानीलकण्ठमा विपद प्रतिकार्यका लागि तालिम
काठमाडौँ, आइतवार बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम भईरहेको छ। नगर प्रहरी, विपद शाखा लगायत अन्य आवश्यक कर्मचारीहरुलाई विपद सम्वन्धि प्रशिक्षित गराउने उद्देश्यले नगरपालिकाको आयोजना र नेपाल रेडक्रस को समन्वयमा ४ दिने तालिम सुरु भएको हो। नगरपालिकामा हुने विपद प्रतिकार्यहरुमा सामुदायिक स्तर बाट पनि पहल आवश्यक रहेकोले विपदका घटनाहरुमा प्रमुख प्रतिकार्यको लागि आधारभुत तथा अभ्यास मुलक तालिम नगरपालिकाले प्रदान गरेको हो। यस ४ दिने तालिममा नगरपालिकाका १८ नगर प्रहरी लगायत विपद शाखाका केहि प्रतिनिधीहरु सहभागि छन्। यस तालिममा सहभागि शिक्षार्थिहरुलाई नेपाल रेडक्रस सोसाईटिका ‍विज्ञ प्रशिक्षकहरुले विभिन्न किसिमका अभ्यास मुलक तालिम मार्फत विपदको स्थितिमा प्रतिकार्यको प्राविधीक शैलि र आधारभुत जिवन सुरक्षाका ज्ञान दिईन्छ। “तालिम अवधि भर विभिन्न सत्रहरुमा पानिमा डुबेका व्यक्तिहरुलाई बचाउने तरिका, घर भित्र च्यापिएका मानिसहरुलाई उद्दार, आगलागिका घटनामा प्रतिकार्य तरिका लगायत प्राथमिक उपचारका बिधि र उद्दार गरिएका घाईतेहरुलाई सम्बन्धित स्थान\ अस्पताल सम्म सुरक्षित तरिकाले लैजाने शैलिहरु सिकाईने छ”, प्रशीक्षण संयोजक नवराज भण्डारीले जानकारी दिनु भयो। तालिमको आईतबार भएको उद्घाटन कार्यक्रममा नगरपालिका उप-प्रमुख रमा देवि राई, प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ सापकोटा, प्रशासकिय अधिकृत जयराम गजुरेल, रोजगार संयोजक राजकुमार भण्डारी, नेपाल रेडक्रस सोसाईटि काठमाडौं सभापति मथुराम श्रेष्ठ लगयात प्रिशिक्षक संगिता महर्जन, कृष्ण प्रसाद भट्टराई, ईनदिरा पौडेल, सन्तोष महर्जन, रमन कृष्ण महर्जनको उपस्थिति थियो। उद्घाटन कार्यक्रममा प्रशासकिय अधिकृत बैकुण्ठ सापकोटाले शिक्षार्थिहरुलाई यस तालिम अति आवश्यक रहेकोले अनुशासन र सक्रिय रहेर तालिम लिन निर्देशन दिनु भएको थियो। त्यस्तै उप-मेयर रमा देविराईले यस तालिमबाट विपदको समयमा व्यवहारमा उतार्न सक्ने गरि सिप र ज्ञान लिनुहुन सहभागिहरुलाई अनुरोध गर्नु भयो।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …