SamwadKhabar logo

समाचार

राजनीतिक अन्योलतामा ओरालो लागेको सेयर कारोबारमा आज देखि हरियाली

संवाद खबर

संवाद खबर

राजनीतिक अन्योलतामा ओरालो लागेको सेयर कारोबारमा आज देखि हरियाली
फागुन १७, काठमाडौं। राजनीतिक अन्योलताले गएको एक सातादेखि दोस्रो बजार प्रभावित भैरहेको छ। आइतबार प्रधानमन्त्री केपि शर्मा वलीले राजिनामा नदिने समाचारले ७९ अंकले ओरालो झरेकोमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभा आह्वान गरे सँगै ४०.६४ अंकले सुधार देखिएको छ। राजनीतिक परिस्थिति कसरी अगाडि बढ्छ भन्ने अन्योलताले लगानीकर्ता अन्योलमा पर्दा दोस्रो बजारमा तिव्र उतारचढाव देखिएको हो। यहि अन्योलतामा कतिपय लगानीकर्ताहरुले नाफा बुक गरेका छन्। गत साउनदेखि दोस्रो बजार लगातार सुधार भैरहेको छ। सुधारिएको बजारबाट राम्रो पैसा कमाएका लगानीकर्ता आत्तीदा गएको एक सातामा १६६ अंकले ओरालो झर्यो। कतिपय विश्लेषकहरुले यसलाई करेक्सन भएको बताउदै आएका छन्। यसमा राजनीतिक कारणले सबैभन्दा ठुलो भुमिका खेलेको छ। सोमबार कारोबार सुरु हुने वित्तीकै ओरालो झर्न थालेको शेयर बजारमा राष्ट्रपतिले फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान गरेपछि सुधार हुन थालेको थियो। यस अवधिमा बजारमा तिव्र उतारचढाव देखियो। तिव्र उतारचढावका कारण कारोबार रकम भने ५ अर्ब ६९ करोड रुपैयाँमै सिमित भएको छ। बजार सुधार भएको दिनमा ९/१० अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको थियो। सम्पुर्ण सूचक तथा उपसूचक सुधार देखिएको छ। नेप्से सूचक ४०.६४ अंकले सुधार भएर २५१५.०३ अंकमा बन्द भएको छ। सबैभन्दा धेरै व्यापारको सूचक ३.३२ प्रतिशतले बढेको छ। दोस्रो बजारमा २०९ वटा कम्पनीको कारोबार हुँदा १६३ वटाको मूल्य बढेको छ भने ४ वटाको मूल्यमा गिरावट आएको छ। चन्द्रागिरीको शेयरमा सोमबार पनि सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको केहि दिन बढ्न नसकेको कम्पनीको शेयरमा पछिल्लो दिन भने सकारात्मक सर्किट लाग्दै आएको छ। चन्द्रागिरीको शेयर मूल्य ४१ रुपैयाँले बढेर ४५५ रुपैयाँ कायम भएको छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि