SamwadKhabar logo

               

विविध

दक्षिणढोकामा हामी गर्छौं महिला समुहले साँस्कृतिक कार्यक्रम गर्ने

संवाद खबर

संवाद खबर

दक्षिणढोकामा हामी गर्छौं महिला समुहले  साँस्कृतिक कार्यक्रम  गर्ने
१८ फागुन, काठमाडौं । हामी गर्छौं महिला समुहले गोकर्णेश्वर ७ दक्षिणढोकामा बहुसाँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते विभिन्न जातजातिका महिलाहरुले आ–आफ्ना समुदायका गीत, नृत्य जस्ता साँस्कृतिक प्रस्तुति दिनेछन् ।
कार्यक्रम फागुन २४ गते ११ बजेबाट गोकर्णेश्वर नगरपालिका वडा नं. ७ दक्षिणढोका चोकमा रहेको शान्ति वाटिकामा आयोजना हुनेछ । गोकर्णेश्वर नगरपालिकाका महिला तथा महिला समुहहरुलाई समेटेर कार्यक्रम आयोजना गरिने हामी गर्छौं महिला समुकाका अध्यक्ष शोभा दाहालले बताउनु भयो । अध्यक्ष दाहालका अनुसार विभिन्न जातजातिका महिला दिदिबहिनीहरुले आ–आफ्नो संस्कृति, भेषभुषा अनुसार नृत्य, लोकदोहोरी, एकल गायन लगायतका विधामा विभिन्न प्रस्तुतिहरु दिनेछन् ।
कार्यक्रमस्थलमा विभिन्न जातजातिका खानाका मौलिक परिकारहरुको स्टल समेत रहने छ । २०७२ सालमा स्थापना भएको समुहले महिलाहरुलाई सशक्तिकरण तथा क्षमता अभिवृद्धिका लागि सीपमुलक तालिम प्रदान गर्दै आएको छ । संस्थाले हालसम्म ३०० भन्दा बढी महिला–पुरुषहरुलाई सिलाई कटाई सम्वन्धि तालिम दिईसकेको छ । कमजोर आर्थिक अवस्था भएका विपन्न वर्गका महिला–पुरुषहरुका लागि निःशुल्क तालिम दिई मेशिन र कपडा समेत सहयोग गर्दै आएको अध्यक्ष दाहालले बताउनु भयो । संस्थाले महिलाहरुलाई बेसिक तालिम, एडभान्स तालिम र बुटिक कक्षा गरी तीनै किसिमका तालिमहरु प्रदान गर्दै आएको छ । संस्थाको सेवा सुविधाबाट गोकर्णेश्वरका मात्र नभई कागेश्वरी मनोहरा र शंकरापुरका महिला–पुरुषहरुले पनि लाभान्वित भएका अध्यक्ष दाहालले बताउनु भयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …