SamwadKhabar logo

               

विविध

फागुन २१ गते देखि आउने ज्योति लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

संवाद खबर

संवाद खबर

फागुन २१ गते देखि आउने ज्योति लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी
फागुन १९, काठमाडौं ।  फागुन २१ गते बाट ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो जारी पूँजी दुई अर्ब २० करोड मध्ये ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको प्रति शेयर रु. १०० अंकित दरका ६६,००,००० कित्ता मध्ये ३,३०,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर कर्मचारीहरुलाई र ३,३०,००० कित्ता अर्थात कुल निष्काशनको ५ प्रतिशत शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५९,४०,००० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ । आवेदन दिने समय : ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म आवेदन दिन सकिने छ । सो समयपछि  आईपीओमा आवेदन दिन सकिने छैन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर निर्धारित समयभन्दा दुई दिन अगाडि नै बिक्री खुला हुने भएको छ। सिडिएससी एण्ड क्लियरिङ हाउसले आइतबारदेखि प्राथमिक शेयर निष्काशन गर्दा लोड व्यवस्थापनमा समस्या देखिएकाले दुई दिन अगाडी नै बिक्रि खुला गर्न कम्पनीलाई निर्देशन दिएको हो। कति कित्ता दिन पाईन्छ आवेदन ? न्युनतम १० कित्ता देखि अधिकतम ६६,००० कित्ता सम्म आवेदन दिन सकिन्छ । कम्पनीको बारेमा : प्रधान कार्यालय : यस कम्पनीको कारोवार गर्ने मुख्य स्थान काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३०, ज्ञानेश्वर, काठमाडौंमा रहेको छ । कम्पनीको ईतिहास : इन्स्योरेन्स कम्पनी २०७४/०१/२४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट बीमा ऐन, २०४९ अनुसार मिति २०७४/०३/२० मा बीमकको हैसियतले जीवन बीमा कारोवार गर्न स्वीकृति तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७४/०७/२२ गते कारोबार संचालनको स्वीकृति प्राप्त गरी आफ्नो कारोवार सञ्चालन गर्न गर्दै आएको छ । पूँजीको अवस्था : अधिकृत पुँजी : ३ अर्ब जारी पुँजी : २ अर्ब २० करोड चुक्ता पुँजी : १ अर्ब ५४ करोड ( आईपीओ अघि ) चुक्ता पुँजी : २ अर्ब २० करोड ( आईपीओ पछि ) हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रहेको र ६६ करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …