SamwadKhabar logo

               

प्रेरक प्रसंग

अचम्मको कार्यालय : जहाँ मुस्कान विना प्रवेश निषेध

संवाद खबर

संवाद खबर

अचम्मको कार्यालय : जहाँ मुस्कान विना प्रवेश निषेध
१३ असार , काठमाडौँ  । हामीकहाँ सरकारी कार्यालयहरुमा मुस्कानसहितको सेवा दिने सरकारी नीति छ । तर सेवाग्राहीहरुले सरकारी कर्मचारीहरुबाट मुस्कानसहितको सेवा पाउनुचाहिँ दुर्लभ हुन्छ । उता छिमेकी मुलुक चीनमा चाहिँ एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई साँच्चीकै मुस्कुराउन बाध्य पारेको छ । चीनस्थित क्यानन क्यामरा बनाउने कम्पनीको कार्यालयमा मुस्कान विना ढोकाबाट भित्रै छिर्न पाउँदैनन् कर्मचारीहरु । जो कर्मचारी ढोकामा गएर मुसुक्क मुस्कुराउँदैन, उसका लागि ढोकै खोल्दैन। कम्पनीले हालै आफ्नो कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित अनुहार पहिचान गर्ने अर्थात् फेस रिकग्नीसन प्रविधि जडान गरेको छ । जस अनुसार कार्यालयभित्र छिर्नका लागि कर्मचारीहरुले ढोका बाहिर रहेको उक्त मेसिनमा हेरेर मुस्कुराउनै पर्दछ, अनिमात्र ढोका खुल्दछ र कर्मचारी भित्र छिर्न पाउँदछन् । नमुस्कुराउने कर्मचारीलाई स्माइल रिकग्नीसन प्रविधिले भित्र प्रवेश नै दिँदैन । कार्यालय संस्कृतिलाई राम्रो बनाउन र कर्मचारीहरुको व्यवहारमा सुधार ल्याउनका लागि यस्तो प्रविधिको प्रयोग गरिएको क्याननले जनाएको छ । ताकि सबै कर्मचारीहरु कार्यालयमा हरेक दिन आफ्नो कामको सुरुआत गर्न अगाडि खुसी तथा पसन्न महसूस गरुन् । कतिपय चाहीँ यस्तो कदम आर्टिफिसियल इन्टेलिजेन्सबाट कर्मचारीको उच्च निगरानी गर्ने चिनियाँ कम्पनीहरुको प्रयासको हिस्सा रहेको भन्दै आलोचना पनि गरेका छन् । कतिपय कम्पनीहरुले आफ्ना कर्मचारीहरुले कति समय कम्प्युटरमा का मगर्दछन्, ब्रेकको बेला कति समय खर्च गर्दछन् जस्ता कुराहरुको निगरानी गर्नसमेत आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्ने गरेको बताइन्छ । कतिपय कम्पनीले त कार्यालय बाहिरका कर्मचारीका गतिविधिको समेत निगरानी गर्ने गर्दछन् । एजेन्सी

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

जुत्ता सिलाएर उद्यमी बनेकी निर्मला

जेठ १३, काठमाडौं । मधेसको बुहारीले घुम्टो ओढेर बस्नु सामान्य मानिन्छ। घुम्टोबाट निस्क…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन

गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन

पुष १०, काठमाडौं । गौशालाको स्तरोन्नतिका लागि गत मङ्सिर १६ गतेबाट २३ गतेसम्म टीकापु…

८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात

८२ वर्षीया ज्येष्ठ नागरिक पुनले बुनेका गलैँचा अमेरिका निर्यात

असार १२, बेनी । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक क…