SamwadKhabar logo

               

गण्डकी प्रदेश

टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव एक सातापछि भेटियो

देवराज रिजाल

देवराज रिजाल

टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव एक सातापछि भेटियो
असोज ६, काठमाडौं । तनहुँमा एक साता अघि टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव फेला परेको छ । शुक्लागण्डकी ८ को सेती नदीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा गतसाता सेतीमा खसेर बेपत्ता भएकी १९ वर्षीया युवती पवित्रा लम्सालको शव फेला परेको हो । पोखराका प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीका अनुसार सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा नदीमा खसेर बेपत्ता भएकी लम्सालको शव मंगलबार बिहान अन्दाजी ९ बजे भिमाद नगरपालिका-७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको हो । सेतीमा हाम फाल्नु अघि उनी आफ्ना दुई साथीलाई टिकटक बनाउने बहाना बनाएर त्यहाँ पुगेकी थिइन् । उनी नदीमा खसेपछि संगै गएका साथीहरुले स्थानीय मार्फत प्रहरीलाई खबर गरेका थिए । उनी बेपत्ता भएपछि प्रहरीले नदी किनारामा खोजी कार्य जारी राखेको थियो । यस घटनामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका२ र ३ नम्बर वडा जोड्ने खहरे खोला नज…

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्रीले लिए शपथ

१७ भाद्र, काठमाडौं । गण्डकी सरकारमा सहभागी एमालेका चार मन्त्री शपथ ग्रहण गर्नुभएको छ।…

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

थासाङ हिउँपहिरोः थुनिएको बोक्सीखोला बग्न थाल्यो

१२ भाद्र, काठमाडौं । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ खसेको ह…

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगार…