SamwadKhabar logo

समाचार

स्वाब बिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अपतालका कर्मचारी पक्राउ

देवराज रिजाल

देवराज रिजाल

स्वाब बिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अपतालका कर्मचारी पक्राउ
काठमाडौं, । स्वाब बिनै नक्कली पीसीआर रिपोर्ट बनाउने अवैध कार्यमा संलग्न रहेका अस्पतालका कर्मचारीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेकोछ । भक्तपुरको मध्यपुरथिमीस्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी ठूलो रकम लिएर उक्त नक्कली धन्दामा लागेको पाइएको महानगरीय अपराध महाशाखाले जनाएकोछ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर अनुसार उनीहरुले वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम लिई स्वाबको नमुनाबिनै रिपोर्ट बनाइदिने गरेका पाइएको हो । विशेष सूचनाको आधारमा मङ्गलबार नागरिक कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी परिचयपत्रधारी धनुषा घर भई ललितपुरको ग्वार्को बस्ने रोशनकुमार छिट्टानलाई आठ थान नक्कली पीसीआर परीक्षण रिपोर्टसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ। प्रहरीले भक्तपुरको कौशलटारबाट उक्त अस्पताल पुग्दा सर्लाही घर भई सोही ठाउँ बस्ने ल्याब म्यानेजर प्रसन्नकुमार झालाई पनि नियन्त्रणमा लिइएको छ। यस्तै काठमाडौँ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी धनुषा घर भएर काठमाडौँको गौशाला बस्ने नागेन्द्रकुमार यादवलाई पनि १७ थान नक्कली पीसीआर रिपोर्टसहित नियन्त्रणमा लिइएको र उनको बयानका आधारमा सोही ल्याबका कर्मचारी काभ्रेपलाञ्चोक घर भई सूर्यविनायक बस्ने माधव मैनालीलाई समेत पक्राउ गरिएको महाशाखाले जनाएकोछ। प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट नक्कली पीसीआर बनाउन प्रयोग भएका कम्प्युटरलगायतका उपकरण र पीसीआर टेस्ट दर्ता रजिष्टरसमेत नियन्त्रणमा लिएको छ। फरार रहेका दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पीसीआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकको खोजतलास कार्य भइरहेको महाशाखाले जनाइएको छ। दुबै अस्पतालका ल्याब सिल गरी अनुसन्धान भइरहेको छ। प्रहरीको अनुसन्धानमा उनीहरुले रिपोर्ट नै नेगेटिभ बनाउने गरेको र ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेको पाइएको छ। पीसीआर पोजेटिभ देखिएका स्याम्पलको सिटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने र पीसीआर रिपोर्टको मितिसमेत तलमाथि गर्ने गरेको खुल्न आएको छ। ती अस्पतालले बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्रसमेत बनाइ सामूहिक स्वाब सङ्कलन गर्न प्रयोग गर्ने गरेको तथ्यसमेत खुलेको महाशाखाले जनाएको छ। सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाब बिनै बिचौलियाले आफैले आफ्नै स्वाब सङ्कलन गरी विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको समेत पाइएको छ।   बिचौलिया र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिए बापत १० हजारसम्म असुल गर्नै गरेको फेला परेको छ। उनीहरुले क्यूआर कोडबाट स्क्यान गरेर हेर्न मिल्ने गरी नै नक्कली रिपोर्ट बनाउने गरेको फेला परेको छ। रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि