SamwadKhabar logo

               

राजनीति

सभामुख सापकोटालाई चीनको उपहार

देवराज रिजाल

देवराज रिजाल

सभामुख सापकोटालाई चीनको उपहार
काठमाडौं । एमसीसी रोक्न नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका अग्नि सापकोटालाई चीनले उपहारसमेत दिएको सत्ता गठबन्धनमा चर्चा छ । चीनको पछि लागेर अमेरिकी सहायता परियोजना एमसीसी रोक्न सक्रिय सभामुख सापकोटाले सत्ता गठबन्धनमा भाग मागेका हुन् । गठबन्धनका एक नेताकाअनुसार चीनले सभामुख सापकोटाका छोरा रुपक सापकोटालाई चीनका लागि नेपाली राजदूत बनाउन सघाउने वचन दिएको हो । नेपालबाट सिफारिस भएमा रुपकलाई राजदूतका रुपमा एग्रिमो दिन आफूहरु तयार रहेको चीनले सभामुख सापकोटालाई वचन दिएको खुलेको छ । साथै चिनियाँ पक्षले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि रुपकलाई राजदूतमा सिफारिस गर्न छुट्टै पहल गरिदिने आश्वासन पनि दिएका छन् । चीनको आश्वासन पाएपछि सापकोटाले सत्ता गठबन्धनमा आफ्ना छोरा रुपकलाई चीनको राजदूत बनाउन दबाब बढाएका छन् । उनले माओवादी अध्यक्ष प्रचण्डलाई रुपकको नाम चीनको राजदूतमा सिफारिस गर्न दबाब दिएका छन् । चीनमा पठाउने राजदूत माओवादी केन्द्रको भागमा परेको छ । प्रधानमन्त्री देउवाले नाम माग्दा प्रचण्डले रुपकको कुरा गरेपछि ठाडै अस्वीकार गरेका छन् । देउवाले अर्को नाम दिन प्रचण्डलाई भनेका छन् । आफ्नो स्वार्थका लागि एमसीसी रोक्ने सभामुखका मान्छेलाई कुनै हालतमा राजदूत नबनाउने प्रधानमन्त्री देउवाको अडान छ । राजदूत हुनकै लागि सभामुखका छोरा रुपकले २ महिना अघि नै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । चीनको रेनमिन् विश्वविद्यालयबाट भूराजनीतिक विषयमा विद्यावारिधी गरेका रुपकले पनि चीनको राजदूत बन्न दौडधुप बढाएका छन् । तर प्रधानमन्त्री देउवाले भने एमसीसी सम्झौताको प्रस्तावसमेत सदनमा प्रस्तुतसम्म गर्न नदिनेलाई सहयोग गर्न नसकिने अडान लिएका छन् । यसअघि माधव नेपाल लगायत १४ सांसदको कारवाही थमौती गरेर एमालेको तारो बनेका सभामुख सापकोटा अहिले सत्ता गठबन्धनमा समेत बार्गेनिङमा उत्रेका छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

३१ भदौमा प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

२७ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्ब…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११ औँ जन्मजयन्ती मनाइँदै

२४ भाद्र, काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको पहिलो …