SamwadKhabar logo

समाचार

साढे छ हजारले घट्यो बैतडीको जनसंख्या

देवराज रिजाल

देवराज रिजाल

साढे छ हजारले घट्यो बैतडीको जनसंख्या
  बैतडी । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार बैतडीको जनसंख्या साढे छ हजारले घटेको पाइएको हो । बैतडी जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार वि सं २०६८ सालको जनगणना अनुसार बैतडीको जनसंख्या २ लाख ५० हजार ८ सय ९८ रहेकोमा १० वर्षमा घटेर २ लाख ४४ हजार ४ सय पुगेको छ । १० वर्षमा यहाँ ६ हजार ४९८ जना घटेको हो । सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसंख्या पुर्चौंडी नगरपालिकामा रहेको छ । त्यहाँको जनसंख्या १९ हजार ९ सय ६५ रहेको छ । यस्तै, दशरथचन्द नगरपालिकाको जनसंख्या १६ हजार ७ सय ३३, पाटनको जनसंख्या १४ हजार ९ सय ४५ र मेलौलीको जनसंख्या ११ हजार २ सय ६५ रहेको छ । यस्तै, दोगडाकेदार गाउँपालिकाको जनसंख्या १२ हजार ७ सय ६५, सिगास गाउँपालिकाको जनसंख्या १२ हजार ३ सय २६, डिलाशैनी गाउँपालिकाको जनसंख्या ११ हजार ८ सय ८६, शिवनाथ गाउँपालिकाको जनसंख्या ९ हजार ७ सय ५८, सुर्नया गाउँपालिकाको जनसंख्या ९ हजार ६ सय ८१ र पञ्चेश्वर गाउँपालिकाको जनसंख्या ९ हजार ६ सय ५० रहेको छ । बसाइँ सराइलगायतका कारणले जिल्लाको जनसंख्या घटेको प्रमुख पन्तले बताउनुभयो । उहाँले भन्नुभयो– ‘जनसंख्या घट्नुको प्रमुख कारण बसाइँ सराइ नै हो, तराइको जनसंख्या बढेकोले पहाडबाट बसाइँ सरेर तराइ झर्ने बढेका छन् । जन्मदर पनि कम भएकाले जनसंख्या घटेको हो ।’ यो विवरण प्रारम्भिक रहेकाले र विस्तृत नतिजा पछि आउने भएकाले थोरै घटबढ हुन सक्ने जनाइएको छ

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि