SamwadKhabar logo

               

वाग्मती प्रदेश

जनजाति कल्याण आश्रम नेपालद्वारा लोथरमा छात्रावास भवनको शिलान्यास

संवाद खबर

संवाद खबर

जनजाति कल्याण आश्रम नेपालद्वारा लोथरमा छात्रावास भवनको शिलान्यास
वसन्तपञ्चमीको पावन दिवसमा जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित छात्रावास भवन निर्माणका लागि भूमिपुजन एवं शिलान्यास कार्यक्रम राप्ती नगर–१२ केउरालीटार, लोथरमा सम्पन्न भएको छ। कार्यक्रममा बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री माननीय सन्त बहादुर चेपाङ, सेवा ईन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक आदरणीय श्याम पराण्डे, हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचार प्रमुख डा। दीपककुमार अधिकारी, जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय उपाध्यक्ष आदरणीय महेश अग्रवाल, वार्ड न। १२ का अध्यक्ष आदरणीय अर्जुन चेपाङ, कल्याण आश्रमका राष्ट्रिय संगठन सचिव श्री भट्ट मिलन, सेवा ईन्टरनेशनल नेपालका संयोजक श्री प्रसन्न वैद्य, श्री राधेश्याम अग्रवाल, श्री महेन्द्र राठी, श्री विनित सारडालगायत समाजका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्तिथिमा रहेको कल्याण आश्रमले जनाएको छ । “जाऔँ बालौँ दीप त्यहाँ ,जहाँ अझै अँध्यारो छ ” भन्ने भावनालाई मनमा लिएर जनजाति कल्याण आश्रम नेपाल आफ्नो स्थापनाकालदेखि नै समग्र जनजाति समाजको सर्वाङ्गीण विकासका निम्ति समर्पित रहिआएको छ । कल्याण आश्रमकै तत्त्वाधानमा आज देशका विभिन्न स्थानमा आमाको माया छात्रावास नामले बालगृह सञ्चालित छन् जहाँ विपन्न वर्गका र मूलधारको शिक्षा–स्वास्थ्य आदि सेवाबाट वञ्चित बालबालिकालाई शिक्षा, आवास, भोजन आदि निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ । यस्तै, कल्याण आश्रमले जनजाति समाजको मूल स्वधर्म–संस्कृतिको रक्षाका निम्ति श्रद्धाजागरण, जनजाति युवाहरूलाई लक्षित गरी खेलकूद जस्ता प्रकल्प चलाउँदै आएको छ । लोथरमा निर्माण हुने बालगृहबाट पनि त्यस भेगका विशेषतः चेपाङ जनजातिका बालबालिकालाई सेवा प्रदान गरिने कल्याण आश्रमका राष्ट्रिय संगठन सचिव भट्ट मिलनले बताउनुभएको छ ।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त

४ कार्तिक, काठमाडौँ । आइतवार बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ न…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

बागमती प्रदेश सरकारले मृतकका परिवारलाई एक लाख दिने

१४ असोज, काठमाडौं । बागमती प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी म…

ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै

११ असोज, काठमाडौं । पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित …