SamwadKhabar logo

               

विविध

नेपालकै पहिलो स्काई क्याफे बन्यो पर्वतमा

देवराज रिजाल

देवराज रिजाल

नेपालकै पहिलो स्काई क्याफे बन्यो पर्वतमा
२६ माघ २०७८ । कुश्मा र बलेवाको विचमा रहेको कालीगण्डकीको गहिरो खोंच र डरलाग्दो पहरामा सहासिक खेल तथा पर्यटकीय संरचनाहरू थपिने क्रममा नेपालकै पहिलो स्काई क्याफे सञ्चालनमा आएको छ । ‘द क्लिफ’ कम्पनीले नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ कालीगण्डकी नदीको बाँदर लड्ने पहरोमा सञ्चालनमा ल्याएको हो । कम्पनीका अध्यक्ष राजु कार्कीले कालीगण्डकीमा निर्माण भएको विश्वकै अग्लो र लामो स्काई साइक्लिङसँगै सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याएको बताउनुभयो । कालीगण्डकी नदीको सतहबाट २ सय २८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको छ । ‘स्काई क्याफे’ सञ्चालनका लागि कालीगण्डकी नदीमाथि १२० मिटरको लम्बाइका तारहरू राखिएको छ । कालीगण्डकी नदी किनारमा रहेको अग्लो भीरमा स्काई साइक्लिङ’का लागि राखिने तारजस्तै गरेर तार टाँगिएको छ । ‘क्याफे’मा बस्नका लागि फलाममा काठका फलेक जडान गरेर बेन्च र टेबल निर्माण गरिएको छ । त्यही टेबललाई घिर्नीको माध्यमबाट तारमा झुन्ड्याइएको छ, घिर्नीकै माध्यमबाट डरलाग्दो तारे भीरमाथि तारमा ‘क्याफे’ बिस्तारै हिँडिरहेको हुन्छ । त्यहाँ बसिरहेका ग्राहकले यात्रा शुरू गर्ने वेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउने अध्यक्ष कार्कीले जानकारी दिनुभयो । कार्की भन्नुहुन्छ– बन्जीसहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको छ । हामी सकेसम्मका फरक तर एडभेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेका छौँ । स्काई क्याफे पनि यही अवधारणामा तयार भएको हो’ । तारमा झुन्डिएर हिँडिरहेको क्याफेमा बसेर खाजा खानुको मजा बेग्लै छ । कालीगण्डकी नदीको सातो जाने भीरमा गुडिरहेको क्याफेको आनन्द लिन आउने पर्यटकहरूको चाप बढी हुन्छ भन्ने लागेको छ ।’ अहिले सुरूआती चरण भएको र प्रचार नगरिएकै अवस्थामा समेत दैनिक औसतमा २९ जनाले ‘स्काई क्याफे’ मा बसेर जुस र कफी लिने गरेको उनको भनाइ छ । सञ्चालक नेत्र पराजुलीले भन्नुभयो– ‘स्काई क्याफे’ का लागि मात्रै झन्डै ९५ लाख लगानी गरेको बताउँदै उनले प्रतिव्यक्ति २५ सय रूपियाँ शुल्क राखिएको जानकारी दिनुभयो । ‘हामीले स्काई क्याफेको परीक्षणपछि व्यावसायिक रूपमा शुरू गरेको दुई दिन मात्रै भएको छ । यसको प्रचार–प्रसार भएको छैन । तैपनि दैनिक औसतमा २९ जनाले यसको मजा लिनुभएको छ’ । ‘जसले स्काई क्याफेको मजा लिनुभएको छ, उहाँहरूले एडभेन्चर कफी र जुसलाई निकै तारिफ गर्नुभएको छ ।’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …