SamwadKhabar logo

समाचार

हिउँमा फसेका ३४ जना पाँच दिनपछि सकुशल घर फर्किए

देवराज रिजाल

देवराज रिजाल

हिउँमा फसेका ३४ जना पाँच दिनपछि सकुशल घर फर्किए
जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताए । हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई उद्धारका लागि पहल गर्न आग्रह गरेको थियो । प्रदेश सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यन्न छाडेर फर्किएको थियो । पाटन क्षेत्रमा जडीबुटी सेतोचिनी सङ्कलनका लागि गएका स्थानीयवासी हिउँ परेपछि पाटनमै थुनिएका थिए । हिउँमा फसेकालाई उद्धारका लागि चौतर्फी पहल भएको थियो । स्थानीय प्रशासनको पहल, तातोपानी गाउँपालिका, कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा हिउँमा फसेका नागरिकको उद्धार भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । पाटन क्षेत्रमा झण्डै चार फिट हिउँ जमेको थियो । बुधबार सबै भेँडाबाख्रासहित सकुशल घर फर्किएपछि स्थानीयवासीदेखि आफन्तजनमा खुसी छाएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले प्रेस विज्ञप्ति प्रकाशित गर्दै हिउँमा फसेका ३४ नागरिकसहित पाटन क्षेत्रमा रहेका सयौँ भेडाको उद्धार भएको जानकारी दिएका छन् । हिउँमा ३६ जना फसेका थिए, जसमध्ये दुई जना २२ गते नै घर फर्किसकेका थिए । सेतोचिनी सङ्कलनका क्रममा बाक्लो हिउँ जमेर स्थानीयवासी फसेका थिए । तातोपानी गाउँपालिका–८ को गाग्रो पाटनको एडि, खोटीसल्ला र गाग्रोओढारमा बसेका नागरिकको उद्धार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए । पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको थियो । गाग्रा पाटनमा सेतो चिनी, खिरौलो जडीबुटी सङ्कलन गर्न गएका तातोपानी गाउँपालिका– ८ की ३७ वर्षीय देवी शाही र तातोपानी–७ बारगाउँका ४६ वर्षीय मुन रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि