SamwadKhabar logo

               

खेलकूद

आज नेपालले ओमानसँग टी २० क्रिकेट खेल्दै

देवराज रिजाल

देवराज रिजाल

आज नेपालले ओमानसँग टी २० क्रिकेट खेल्दै
माघ २८, काठमाडैं । आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि ग्लोबल छनोट खेल्न ओमान पुगेका नेपाली क्रिकेट टोलीले आज चारदेशीय टी–२० सिरिजको पहिलो खेल खेल्दैछन् । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजेबाट अल अमरेत स्टेडियममा सुरू हुनेछ । यसअघि २०१९ मा खेल्दा ओमानसँग नेपाल ६ विकेटले पराजित भएको थियो । यही सिरिजको दोस्रो खेलमा नेपालले शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ । यो सिरिजलगत्तै नेपालले विश्वकप क्वालिफायर खेल्नेछ ।नेपालले सन् २०१४ को आइसिसी टी–२० विश्वकप खेलेको थियो । सन् २०१३ मा भएको छनोट पार गरेर पहिलो पटक विश्वकप खेलेपछि नेपालमा क्रिकेटको उचाइ ह्वात्तै बढेको थियो । यसै साता ओमान प्रस्थान गर्ने नेपालले यसपटक विश्वकपमा छनोट हुने लक्ष्य लिएको छ ।   कप्तानको जिम्मेवारी पाएका सन्दीप लामिछानेले यसपटकको विश्वकपमा छनोट हुनका लागि नेपाल तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले आफ्नो मात्र नभइ सारा नेपालीको इच्छा नेपालले विश्वकप खेलेको हेर्ने भएको बताएका छन्।दोस्रो पटक नेपालको प्रशिक्षक नियुक्त भएर अघिल्लो महिना नेपाल आएका पुबुदु दसानायाकेले पनि यसपटक नेपालका लागि विश्वकपमा छनोट हुने ठूलो अवसर रहेको बताएका छन् । विश्वकप छनोटअघि टी–२० सिरिज खेल्दा नेपाललाई फाइदा हुने कप्तान सन्दीप र प्रशिक्षक पुबुदुको भनाइ छ ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…