SamwadKhabar logo

समाचार

अझै पनि राष्ट्रिय परिचयपत्र नवनाएकोले अव मोबाइलबाटै लिन सकिने, यस्तो छ प्रक्रिया

देवराज रिजाल

देवराज रिजाल

अझै पनि राष्ट्रिय परिचयपत्र नवनाएकोले अव मोबाइलबाटै लिन सकिने, यस्तो छ प्रक्रिया
१ फागुन, काठमाडौँ । राष्ट्रिय परिचयपत्र नम्बर आफ्नै मोबाइलबाट लिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र नम्बर मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत लिन सकिने विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना प्रकाशित गर्दै परिचयपत्र नम्बर उपलब्ध हुने प्रक्रिया सहित जानकारी दिएको छ । मोबाइलको म्यासेज, ह्वाट्सएप नम्बरबाट समेत प्रक्रिया गर्न सकिने विभागले जनाएको छ । विभागले १ नम्बर प्रदेश, बागमती, गण्डकीका लागि एउटा र २ नम्बर प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि अर्को नम्बर जारी गरेको छ । यस्तो छ विभागको सूचना – विभागका अनुसार राष्ट्रिय परिचयपत्रमा नागरिकहरूको वैयिक्तक तथा जैविक विवरण समाविष्ट हुन्छ। आँखाको पर्दा स्क्यान गरी त्यसको विवरण परिचयपत्रमा राखिएको हुँदा त्यो बढी भरपर्दो हुन्छ। त्यसबाहेक यो परिचयपत्रका लागि हातका सबै औँलाको बायोमेट्रिक नमुना लिइएको हुन्छ। “अनुहार पनि रीड गर्ने र रेटिना पनि रीड गर्ने पद्धति छ,” भट्टराईले भने। विभागले हालसम्म ४६ लाख सर्वसाधारणको विवरण सङ्कलन गरिसकेको जनाएको छ। उक्त विवरण केलाएर हेर्दा कुनै पनि व्यक्तिको विवरण अर्को व्यक्ति सङ्ग मेलको खाएको नपाइएको बताइएको छ। “नाम मिल्ला, बुवाको नाम मिल्ला, थर मिल्ला, ठेगाना पनि मिल्ला तर हातका औँलाहरूका रेखा अनि आँखाको रेटिना कसैको पनि मिलेको अवस्था छैन। यसले गर्दा व्यक्तिको सही पहिचान हुने अवस्था हुन्छ,” भट्टराईले भने। “यसले अपराध नियन्त्रण, दोहोरो नागरिकता वा दोहोरो कागजबाट फाइदा लिनेहरूलाई नियन्त्रण गर्छ।”सरकारले ई(पासपोर्ट प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ। तर केही मानिसले यसबाट झमेला बढ्ने हो कि भन्ने आशङ्का व्यक्त गरेका छन्।विभागले भने राष्ट्रिय परिचयपत्रले व्यक्ति प्रमाणीकरण गर्न झन् सहज पारिदिने दाबी गरेको छ। नागरिकताका आधारमा कसैको प्रमाणीकरण गर्नुपरे सम्बन्धित जिल्ला प्रशासन कार्यालय नै पुग्नुपर्ने भए पनि राष्ट्रिय परिचयपत्रले त्यो झन्झट अन्त्य गर्ने विभागको भनाइ छ। “‘राहदानी विभाग, काठमाण्डूस्थित जिल्ला प्रशासन कार्यालयमा हामीले स्टेशन राखेका छौँ त्यहाँबाट काम गर्न सकिन्छ,” उनले भने। राष्ट्रिय परिचयपत्र लिन आवश्यक दस्ताबेज बोकेर आएका सर्वसाधारणहरूले परिस्थितिअनुसार “‘तत्कालदेखि बढीमा दुई दिनभित्र” परिचयपत्र नम्बर प्राप्त गर्ने बताइएको छ। “कहिलेकाहीँ दुई मिनटमै पनि हुन सक्छ, कहिलेकाहीँ दुई दिनसम्म लाग्न सक्छ। यो प्रणालीको अवस्थामा भर पर्ने भयो,” भट्टराईले भने। विभागले निम नम्बर अर्थात् ‘न्याशनल आइडेन्टिटी नम्बर’ प्राप्त गर्न समय नलाग्ने बताए पनि परिचयपत्र नै प्राप्त गर्न भने समय लाग्ने जनाएको छ।यो पनि स् राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाउने भएको छ ।राहदानी विभागले विद्युतीय राहदानी लिनका लागि मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेपछि पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौं लगायत ठाउँमा ठूलो भीड लाग्ने गरेको थियो । राष्ट्रिय परिचयपत्र लिन काठमाडौंमा देखिएको पछिल्लो भीडभाडलाई दृष्टिगत गर्दै आइतबारदेखि काठमाडौंका सबै इलाका प्रशासन र स्थानीय तहबाट पनि अनलाईन सेवाका लागि दर्ता स्टेशन थप गर्न लागिएको विभागका निर्देशक ललितकुमार बस्नेतले जानकारी दिए ।सबै जिल्ला प्रशासन कार्यालयहरुमा विद्युतीय राहदानीको अनलाइन आवेदन लिने सेवा प्रारम्भ भइनसकेकोले राहदानी बनाउन काठमाडौं आउने नागरिककोहित र सुविधालाई मध्यनजर गरी तत्कालका लागि बागमती प्रदेशको ललितपुर र भक्तपुरबाहेक सबै जिल्ला तथा प्रदेश २ का अत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विवरण प्रविष्टका लागि आवश्यक व्यवस्था मिलाइएको बस्नेतले जानकारी दिए । यस्तै ललितपुर, कर्णाली र सुदूरपश्चिम प्रदेशकाअत्यावश्यक सेवाग्राहीहरुका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर तथा प्रदेश १, लुम्बिनी र गण्डकी प्रदेशका सेवाग्राहीका लागि नारायणहिटी दरबार परिसर साविकको राहदानी विभाग०मा व्यवस्था गरिएको उनले बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि