SamwadKhabar logo

समाचार

महाकाली नदीमा बगेकी महिलाको उद्धार

देवराज रिजाल

देवराज रिजाल

महाकाली नदीमा बगेकी महिलाको उद्धार
१ फागुन । बालुवा निकाल्ने क्रममा दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ । महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई आइतबार बिहान ८ बजेतिर महाकाली नदीले बगाएको थियो । बगाउँदै गर्दा नदीको बीचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओडबीच नदीमा अड्किएकी थिइन् । नदीमा अड्किएको जानकारी आएपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोली उक्त क्षेत्रतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बिहानको चिसो नदीमा पौडिएर प्रहरीले महिलाको सकुशल उद्धार गरेका छन् । उद्धार गरी ओडलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । भारतको छिरकिल्लामा रहेको धौलीगङ्गाबाँधका ढोका खोल्दा महाकाली नदीमा बहाब बढ्ने गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि