SamwadKhabar logo

समाचार

प्य्राङ्कस्टर सेढाइँ पक्राउ

संवाद खबर

संवाद खबर

प्य्राङ्कस्टर सेढाइँ पक्राउ
फागुन ४, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले प्य्राङ्कस्टर आकाश सेढाइँलाई पक्राउ गरेको छ । प्य्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई ब्युरोले पक्राउ गरेको एसएसपी नविन्द अर्यालले बताए । झापा विर्तामोडका सेढाइँले ८ वर्षअघिदेखि प्य्राङ्क भिडियो बनाउँदै आएका थिए । उनी नेपालका सबैभन्दा पुरानो प्य्राङ्कस्टरमध्येमा पर्छन् । उनले युट्युब च्यानलमा पछिल्लो पटक तीन साताअघि एउटा प्य्राङ्क भिडियो अपलोड भएको देखिन्छ । गृह मन्त्रालयले १३ माघ २०७८ मा सार्वजनिक स्थलमा प्य्राङ्क भिडियो बनाउन नपाइने भन्दै विज्ञप्ति जारी गरेको थियो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक स्थलमा हुने भद्दा किसिमका ख्यालठट्टाबाट शिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुनसक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुरक्षामा पर्नसक्ने असरलाई मध्यनजर गर्दै प्य्राङ्क भिडियो नबनाउन’ चेतावनी दिइएको थियो । एसएसपी अर्यालका अनुसार जिल्ला अदालत, काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अनुसार सेढाइँविरुद्ध ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि