SamwadKhabar logo

               

समाचार

९० प्रतिशत निर्णय कार्यान्वयन राप्ती नगरपालिकामा

देवराज रिजाल

देवराज रिजाल

९० प्रतिशत निर्णय कार्यान्वयन राप्ती नगरपालिकामा
५ फागुन, काठमाडौँ । चितवन । जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै १०० बैठक भएका छन् । ती बैठकमा ८४० निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन् । पाँच प्रतिशत कार्यान्वयनको चरणमा छन् भने पाँच प्रतिशत विविध कारणले कार्यान्वयन हुन सकेका छैनन् । महिला प्रमुख रहेको यस नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरवासीले अनुभूति हुने गरी विकासका काम भएको जनप्रतिनिधिको भनाइ छ । प्रमुख प्रभा बरालका अनुसार विसं २०७४ को जेठ ८ गते पहिलो यही माघ २५ गतेसम्म १०० बैठक सम्पन्न भएका छन् । ती बैठकले गरेका अधिकांश निर्णय कार्यान्वयन भएको उनले बताए । नगरपालिकामा जनताका कामलाई सहज, निष्पक्ष र छिटोछरितो प्रदान गरिँदै आएको छ । जनताका सेवालाई सहज बनाउन एउटा नगरपालिका कार्यालय भवन, एक नगर सभाहल, एक अस्पताल, सात आधारभूत स्वास्थ्यचौकी, ११ वडा कार्यालय र २९ खोप केन्द्र निर्माण गरिएको बरालले जानकारी दिए । उनले भने, “संविधान संवत् ढङ्गले सबै कामलाई अगाडि बढाउन ६१ ऐन, नियम, नियमावली, कार्यविधि र निर्देशिका निर्माण गरिएको छ ।” नगरपालिकाको पहाडी क्षेत्रमा पर्ने वडा नं १०, ११, १२ र १३ घर भएका चेपाङ बालबालिका पढ्नका लागि विभिन्न सङ्घसंस्था र सांसदसँग समन्वय गरी छात्रावास निर्माण गरिएको छ । उनले भने, “हामी निर्वाचित हुँदा ९० प्रतिशत मात्र बालबालिका विद्यालय जाने अवस्थाबाट शतप्रतिशत विद्यालय भर्ना दर बनाएका छौँ ।” बालविवाह र विद्यालय छाड्ने दर घटाउन चेपाङ छात्रा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गरिएको छ । एम्बुलेन्समार्फत नगरपालिकाभित्रका दीर्घरोगी, अपाङ्ग, अति वृद्धलाई निःशुल्क सेवा प्रदान गरिएको उनले जानकारी दिए । आमा र बच्चाको वृद्धि विकास र स्वस्थ राख्नका लागि आमा पोषण कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाका ५० सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार निर्माणका काम भएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत एसइई दिने विद्यार्थीलाई प्रमुख तीन विषयका लागि निःशुल्क कोचिङको व्यवस्था गरिएको छ भने नगरपालिकामा श्रवणशक्ति कमजोर भएका बालबालिकाका लागि कक्षा ८ सम्म विशेष कक्षा सञ्चालन गरिएको र आवासीय सुविधा दिइएको छ । नगरपालिकाले कक्षा १ देखि ५ र ६ देखि ८ सम्म दुई स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन गराइएको छ भने नगरपालिकाको शैक्षिक बुलेटिन प्रकाशन गरिएको छ । नगरपालिकाअन्तर्गत शैक्षिक संरचना, स्वास्थ्य संस्था, कृषि पशु स्वास्थ्य संरचना, सामुदायिक भवन र नगर सभाहलसहित १२१ संरचना निर्माण गरिएको छ । नगरपालिकाले नगर पार्शोचित्र, रणनीतिक योजना, वार्षिक बजेट र नीति तथा कार्यक्रमको पुस्तक प्रकाशनजस्ता काम गरेको छ । जनतालाई छिटो–छरितो र पारदर्शी ढङ्गले सेवा प्रदान गर्नका लागि राजस्व, पूर्वाधार योजना र लेखामा सफ्टवेयर तथा अनलाइनमार्फत काम गरिएको छ । प्रदेश सरकारको सहकार्यमा पशु आहार ९दाना० उद्योग सञ्चालनमा ल्याइएको छ । देशभरिकै अति महत्त्वपूर्ण पशु चिकित्सकसहित पशुस्वास्थ्य अस्पताल निर्माण गरिएको छ । फोहोर व्यवस्थापन गर्ने गरी जापानिज संस्था र बागमती प्रदेश सरकार तथा नगरपालिकाको संयुक्त आयोजनामा प्राङ्गारिक मल उद्योग स्थापना गरिएको छ । नगरस्तरीय आयुर्वेद अस्पताल निर्माणको काम भइरहेको छ । नगरपालिका र विभिन्न सङ्घ संस्थाको समन्वयमा तीन हजार ५०० भन्दा बढी युवायुवतीलाई रोजगारमूलक, उत्पादनमूलक, आयमूलक तालिम दिइएको छ । किसानलाई निःशुल्क प्राविधिक सेवा दिइएको छ । किसानको लागि सिँचाइ कुलो र साना सिँचाइ आयोजनामा डिपबोरिङको व्यवस्था गरिएको छ । किसानलाई आवश्यकताअनुसार कृषि औजार उपलब्ध गराइएको प्रमुख बरालले जानकारी दिए । यसैगरी पशुपालन गर्ने किसालाई दूध खेर जान नदिनका लागि राप्तीका छवटा दुग्ध सहकारी संस्थालाई क्रिम सेप्रेटर उपलब्ध गराइएको छ भने किसानलाई दूधमा अनुदान दिइँदै आएको छ । धेरैजसो किसानलाई मागको आधारमा च्यापकटर, काउम्याट, दूध दुहुने ठेकी वितरण गरिएको छ । सबै दुग्ध सहकारी संस्थालाई मिल्क एनलाइजर उपलब्ध गराइएको छ । व्यावसायिक पशुपालक कृषकलाई दूध दुहुने मेसिन प्रदान गरिएको छ । राप्तीका सबै खोलामा बाढी आउँदा यहाँका खेती बगाउने गरेको छ । त्यसैलाई मध्यनजर गर्दै नगरपालिकाले खोला तटबन्ध कार्यलाई पनि तीव्रताका साथ अगाडि बढाएको छ । दक्षिणतर्फ रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका जनता र जङ्गली जनावरबीच द्वन्द्व न्यूनीकरणका लागि विभिन्न सङ्घ संस्था र सांसदको समन्वयमा पक्की पर्खाल निर्माण गर्ने कार्यक्रम भइरहेको छ । हालसम्म चार किलोमिटर यस्तो पर्खाल निर्माण गरिसकिएको प्रमुख बरालले बताए । पैदल हिँड्नुपर्ने पहाडी क्षेत्रका अधिकांश ठाउँमा सडक पु¥याइएको छ । ट्रयाक, ग्राबेल, उच्चस्तरको ग्राबेल, ढलान, कालोपत्रे र मोज्याक राख्नेजस्ता काम व्यापकरुपमा भएको उनले बताए । कोरोना महामारीको समयमा नगरवासीलाई सुरक्षित राख्नका लागि विभिन्न कार्य गरिएको प्रमुख बरालले बताए । उनका अनुसार सात एम्बुलेन्स परिचालन गरिएको थियो । महिलाका लागि तीन छुट्टै क्वारेन्टाइन बनाइएको थियो भने पुरुषका लागि आवश्यकताअनुसार क्वारेन्टाइन व्यवस्था गरिएको थियो । जिल्लामा पहिलो कोरोना सङ्क्रमित भेटिएको नगरपालिकाले उपचारका लागि आवश्यक सहयोग गरेको बरालले बताए । उनका अनुसार हालसम्म नगरभित्र एक हजार ५०० जनाको पीसीआर र एक हजार ६०० जनाको एन्टिजेन परिक्षण गरिएको छ । एकतीस हजारभन्दा बढीलाई कोभिडविरुद्धको खोप लगाइएको छ । विसं २०७२ मा आएको भूकम्पबाट प्रभावित धेरैजसोलाई राज्यबाट पाउने राहत उपलब्ध गराइसकिएको बरालले बताए । अव्यवस्थित बसोबासी र भूमिहीनको अभिलेखीकरणको काम भइसकेको छ । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे  छलफल

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…