SamwadKhabar logo

समाचार

एडीबी राष्ट्रिय निर्देशकबाट सडक सुधार आयोजनाको अवलोकन, ढिलाइ स्वीकार्य नहुने

संवाद खबर

संवाद खबर

एडीबी राष्ट्रिय निर्देशकबाट सडक सुधार आयोजनाको अवलोकन, ढिलाइ स्वीकार्य नहुने
फागुन ५, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का राष्ट्रिय निर्देशक आर्नो कोश्वाले सासेक सडक सुधार आयोजना (एसआरआइपी) अन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको स्थलगत अवलोकन गरेका छन् । निर्माणमा ढिलाइ भइरहेको भन्ने चासोका बीच आयोजना निर्माण क्षेत्रमा उनले स्थलगत अवलोकन गरेका हुन् । सो क्रममा उनले लुम्बिनी प्रदेशको आर्थिक मामिलामन्त्री, भौतिक पूर्वाधारमन्त्री, बुटवलका मेयर, उच्च सरकारी अधिकारीहरू र स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए । “सडक निर्माण र मर्मत–सम्भार कार्यले पछिल्ला महिनाहरूमा गति लिएको छ, तर यसलाई अझै तीव्रता दिनुपर्ने आवश्यकता देखिन्छ,” उनले भने “आयोजना टिम, परामर्शदाता तथा ठेकेदारसँग मेरो रचनात्मक छलफल भएको छ र यससँगै स्रोत तथा निर्माण सामग्रीसँग सम्बन्धित सवालहरू छिट्टै समाधान हुनेछन् भन्नेमा म विश्वस्त छु ।” कोश्वाले सन् २०२१ को बाढीका कारण पुलहरू क्षतिग्रस्त भएको ठाउँमा आगामी वर्षा ऋतुभन्दा पहिले नै पुलहरू निर्माण सम्पन्न गरिसक्न अत्यावश्यक भएको बताए । उनले सडक मर्मत सम्भारमा सुधार तथा निर्माणाधीन सडकमा उन्नत यातायात व्यवस्थापन र ट्राफिक जामको समस्या समाधानका लागि डाइभर्सन सडकको उचित व्यवस्थापनका सम्बन्धमा पनि उनले सरोकारवालाहरुसँग छलफल गरे । कोश्वासँगै स्थलगत भ्रमणमा सासेक सडक सुधार आयोजनाका आयोजना निर्देशक सुशीलबाबु ढकाल र सडक विभागका कर्मचारीहरू पनि थिए । कोश्वाले चारवटा पुल निर्माणस्थल, क्रसर प्लान्ट क्षेत्र, ब्याचिङ प्लान्टस्थल, श्रमिक तथा ठेकेदार क्याम्पस्थलको अवलोकन गरेका थिए । “यस सडकखण्डको निर्माण तथा स्तरोन्नति सम्पन्न भएसँगै मानिस तथा वस्तु ढुवानी सहज भई क्षेत्रीय बजार पहुँचमा सुधारले अर्थतन्त्रलाई लाभ प्रदान गर्नेछ,” उनले भने “अब ढिलाइ स्वीकार्य हुँदैन र आयोजनामा संलग्न सबैले यो रणनीतिक सडक सञ्जाललाई तोकिएको समयमा सम्पन्न गर्न सहकार्य गर्नुपर्छ ।” एडीबीको वित्तीय सहयोगमा आयोजनाअन्तर्गत नेपालमा १५४ किमि रणनीतिक सडक सञ्जाल (त्योमध्ये ११३ किमि पूर्व–पश्चिम राजमार्गको हिस्सा) स्तरोन्नति हुँदै छ र यसले देशको आन्तरिक र क्षेत्रीय यातायात सम्पर्कमा सुधार हुने विश्वास गरिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि