SamwadKhabar logo

               

खेलकूद

नेपाल टी २० विश्वकप छनोटमा घरेलु टोली ओमानसँग खेल्दै

देवराज रिजाल

देवराज रिजाल

नेपाल टी २० विश्वकप छनोटमा घरेलु टोली ओमानसँग खेल्दै
  ६ फागुन काठमाडौँ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा आज नेपालले घरेलु टोली ओमानविरूद्ध खेल्दैछ। नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरू हुनेछ। सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन नेपालले ओमानविरुद्ध जित निकाल्दै विजयी सुरुआत गर्न आवश्यक देखिन्छ। यो प्रतियोगिताअघि चार देशीय सिरिजमा नेपालले ओमानलाई हराएको थियो। हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमान र नेपालको भेट दुईपटक भएको छ। सन् २०१९ मा भएको पहिलो खेलमा ओमान ६ विकेटले विजयी भएको थियो । तर, यही ११ फेब्रुअरीमा भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो। यसपालि टिमका महत्वपूर्ण सदस्यीय करण केसी र सोमपाल कामी छैनन्। उनीहरूको अनुपस्थितिमा नेपालको प्रदर्शन कस्तो होला ? यो विषय हेर्न लायक हुनेछ । पूर्णरूपमा फिट नहुँदा करण र सोमपालले विश्वकप छनोट गुमाएका हुन्। टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन्। नेपाली टिमका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्नको लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले नेपालसँग प्रतिभाशाली र सन्तुलित खेलाडी रहेको पनि बताए । सन्दीपले नेपाल उत्कृष्ट दुई टिमको रूपमा विश्वकप छनोट हुने दाबीसमेत गरे ।   टी(२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन्। समूह ‘ए’ लाई पनि समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्। समूह १ र २ का शीर्ष २(२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्। नेपालले विश्वकपमा स्थान पक्का गर्न सुरुमा समूह १ को शीर्ष दुईभित्र पर्नु पर्नेछ, त्यसपछि सेमिफाइनलको खेल जिते नेपाल यही वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने टी(२० विश्वकपमा छनोट हुनेछ। नेपालको खेल नेपाल भर्सेस ओमान ( ओमान एकेडेमी १( फागुन ६ नेपाल भर्सेस फिलिपिन्स ( ओमान एकेडेमी २( फागुन ७ नेपाल भर्सेस क्यानडा ( ओमान एकेडेमी १ – फागुन ९ सेमिफाइनल १ र २ – ओमान एकेडेमी २(१ ( फागुन १० फाइनल ( ओमान एकेडेमी १ ( फागुन १२ नेपाली टिम सन्दीप लामिछाने (कप्तान), शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आसिफ शेख, मोमहद आरिफ शेख, अभिनास बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेशबहादुर बम, सागर ढकाल, गुल्शनकुमार झा वैकल्पिक खेलाडी कुशल मल्ल, साहब अलाम, प्रदीप ऐरी टिम अफिसियल्स पुबुदु दसानायके( प्रमुख प्रशिक्षक धम्मीका प्रसाद( कन्सल्ट्यान्ट बलिङ प्रशिक्षक विक्रम न्यौपाने( फिजियो रमन सिवाकोटी – विश्लेषक सुमनराज कार्की – व्यवस्थापक  

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…