SamwadKhabar logo

समाचार

सिरहामा ५ सय ८१ जनाले गरे परिवार नियोजन (बध्याकरण)

संवाद खबर

संवाद खबर

सिरहामा  ५ सय ८१ जनाले गरे परिवार नियोजन (बध्याकरण)
फागुन ६, काठमाडौँ । सन्तानको रहर पुगेका दम्पतिको लागि सिरहामा सञ्चालित निःशुल्क परिवार नियोजन (बध्याकरण) शिविरमा पाँच सय ८१ जनाको बध्याकरण हुँदा एक जना पनि पुरुष परेनन् । सिरहाको भलुवाही, औरही गापा , भगवानपुर गापा, धनथढीमाई नपा, गोलबजार नपा, मिर्चैया नपा र कर्जन्हा नपा सहित ६ ठाउँमा आयोजित निःशुल्क बध्याकरण शिविरमा पाँच सय ८१ जना महिलाको मिनिल्याप सेवा लिएको हो । भलुवाहीमा ९४, औरही गापामा ५१ , भगवानपुर गापा एक सय ३, धनथढीमाई नपा ८६, गोलबजार नपा ८६, मिर्चैया नपामा एक सय १२ र कर्जन्हा नपामा ४८ जना महिलाको मिनिल्याप गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका भेक्टर कन्ट्रोलर अधिकृत अन्देश्वर प्रसाद चौधरीले जानकारी दिए । शिविरमा पुरुषले भने सेवा लिएनन् । सामाजिक रितिरिवाज र सहि काउान्सिलिङ नहुँदा पुरुषहरुले बध्याकरण नगराएको हुन सक्ने अधिकृत चौधरीले बताए । उनले सिरहामा पछिल्लो तीन वर्षका एक जना पुरुषले पनि बध्याकरण नगरेको जनाए । गत वर्ष पनि ७ सय २३ जनाको मध्याकरण हुँदा एक जना पनि पुरुषले सेवा नलिएको उनले बताए । ७६ सालमा भएको शिविरमा एक जना पुरुषले बध्याकरण गराएको भएपनि उनी जिल्ला बाहिरका कर्मचारी थिए । यता आम पुरुषहरु भने बध्याकरण गर्दा यौन शाक्ति कमजोर हुने त्रासका कारण बध्याकरण गर्न अनिच्छा देखाएको बताउँछन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि