SamwadKhabar logo

समाचार

स्थानीय तह निर्वाचनमा दलीय गतिविधि तीव्र

देवराज रिजाल

देवराज रिजाल

स्थानीय तह निर्वाचनमा दलीय गतिविधि तीव्र
८ फागुन, काठमाडौँ । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधि सघन भएका छन् । राष्ट्रिय राजनीतिको मियोमा रहेका मुख्य प्रतिस्पर्धी दलमात्र नभएर अहिले यहाँ स–साना नयाँ दलको गतिविधि पनि बढ्दै गएको हो । सत्तारुढ दल नेपाली कांग्रेस जिल्लामा यसअघि रोकिएको जिल्ला अधिवेशनको तयारीमा छ । यही फागुन १३ गते जिल्ला अधिवेशनको तयारीमा रहेको कांग्रेसले आज महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नं ३ मा क्षेत्रीय अधिवेशन हुँदैछ । सो क्षेत्र को एक स्थानीय तहमा अधिवेशन नहुँदा जिल्ला अधिवेशनसमेत रोकिएको थियो । अधिवेशन सम्पन्न गरेलगत्तै स्थानीय तह निर्वाचनमा आफ्नो दल होमिने कार्यवाहक जिल्ला सभापति शम्भुनारायण पाठकले जानकारी दिए ।   त्यसैगरी नेकपा एमालेले शनिबार क्षेत्र नं ३ कै पिपरामा स्थानीय तह निर्वाचन केन्द्रित जनसभा सम्पन्न गरेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तहका पार्टी कमिटी उम्मेदवारको प्रारम्भिक नाम छनोटको गृहकार्यमा लागेका सो दलका जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीले बताए । यसैगरी नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टी गतिविधि तीव्र बढाएका छन् । अहिले जिल्लाका विभिन्न ठाउँमा एकैदिन कतिपय दलका कार्यक्रम सम्पन्न हुँदा छन् । यीबाहेक जनमत पार्टी पनि सभा, बैठक र स्थानीय पार्टी समितिहरूको गठन, पुनःगठनमा जुटेको छ । शनिबारमात्र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले बर्दिवासमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ । यसैगरी नेपाली कांग्रेस (विपी)ले शनिबार नै बर्दिवासमा मधेस प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ । सो दलका वरिष्ठ केन्द्रीय सभापति गोविन्दप्रसाद शर्मा र केन्द्रीय सदस्य इन्दिरा अधिकारी, शिवप्रसाद सिम्खडा, सन्दीपकुमार झा र सुनिता कार्कीसहितको उपस्थिति रहेको प्रदेशस्तरीय भेलाले सबै जिल्लामा भेला आयोजना गर्ने र स्थानीय समिति गठन गर्ने तालिका बनाएको छ । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेर निर्वाचन आयोगले तत्सम्बन्धी तयारी अघि बढाउँदै लगेको हुँदा अहिले दलीय गतिविधि सघन हुँदै गएका हुन् । यद्यपि वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आफ्ना काम निर्वाचन केन्द्रितभन्दा जनसरोकारका विषयको पहिचान र ती मुद्दाको उठान रहेको स्पष्ट पारेको छ । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि