SamwadKhabar logo

               

स्वास्थ्य

नेपालमा मुख र घाँटीको क्यान्सर बढ्दै

देवराज रिजाल

देवराज रिजाल

नेपालमा मुख र घाँटीको क्यान्सर बढ्दै
९ फागुन, काठमाडौं । पछिल्लो समय मुख तथा घाँटीको क्यान्सर बढ्दै ,सूर्ति र मदिरा प्रमुख कारण रहेको छ । मुखको क्यान्सर क्यान्सर भएका मध्ये १५ देखि २० प्रतिशतमा देखिने चिकित्सक बताउँछन् । नेपालमा एक वर्षमा २५ सयको हारहारीमा मुखको क्यान्सरका बिरामी फेला पर्ने गरेको २०१८ को तथ्यांकले देखाउँदछ ।मुखको क्यान्सर विश्वमा प्रमुख १० नम्बर भित्र नेपाल पर्ने गर्दछ । आँखा,नाक मुखरोग विशेषज्ञ डा.प्रकाश बुढाथोकीले सुरुमै यसको पहिचान गरेर उपचार गरे ९५ प्रतिशत मुखको क्यान्सर लाग्नबाट बच्न सकिने बताउनुहुन्छ । डा.बुढाथोकीका अनुसार मुखको क्यान्सर भएका बिरामी मध्ये ९० प्रतिशत मानिस अन्तिम अवस्थामा मात्र अस्पतालमा पुग्ने गर्दछन् । मुखको क्यान्सर हुनुभन्दा पहिले मुख भित्र निको नहुने घाउ आउने, रगत बग्ने,दाग धब्बा देखिने जस्ता लक्षण देखिन्छन्’,उहाले भन्नुभयो, ‘यदि आफ्नो मुखमा घाउ खटिरा आएमा तुरुन्त स्वास्थ्य संस्थामा गरे जाँच गर्ने हो भने ९५ प्रतिशत मुखको क्यान्सर लाग्नबाट जोगिन सकिन्छ ।’ के हो मुखको क्यान्सरः ओरल सर्जन प्रा डा सुदिप आचार्यका अनुसार मुखमा घाउ आउने,गिजा कुहिने र घाउ खटिरा आएर अस्वाभाविक अनियन्त्रित र असामान्य किसिमको वृद्धि हुनुलाई मुखको क्यान्सर भनिन्छ । घाउ,खटिराको आकार–प्रकारमा वृद्धि भैरह्यो र २–३ हप्तासम्म पनि निको नभए मुखको क्यान्सर हुन सक्ने डा आचार्य बताउनुहुन्छ । मुखको क्यान्सरको कारणः मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशतभन्दा बढी बिरामीले सूर्तिजन्य पदार्थको सेवन गरेको देखिन्छ । सूर्ति र पान दुवै खानेमा मुखको क्यान्सर २० देखि ३० गुणा बढी देखिने चिकित्सक बताउँछन् । सूर्तिजन्य पदार्थले क्यान्सर बनाउने हजारौं रसायन बनाउने र ४५ तत्व सिर्जना गर्ने भएकाले मुखको क्यान्सर हुने सम्भावना हुन्छ । रक्सी पिउँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी हुने चिकित्सक बताउँछन् । पोषणको कमी आइरन, भिटामिन ए, ई र सी को कमीले पनि मुखको क्यान्सर हुने डा आचार्य बताउनुहुन्छ । दाँतको समस्या, फोहोर मुख, विभिन्न भाइरलको संक्रमण, ब्याक्टेरिया र फङ्गल संक्रमणले पनि मुखको क्यान्सर गराउन सक्ने डा बुढाथोकीले जानकारी दिनुभयो । डा बुढाथोकी अनुसार सूर्यको प्रकाशबाट आउने अल्ट्राभाइलेट विकिरण र एक्सरेले पनि मुखको क्यान्सर हुने उच्च सम्भावना हुन्छ । त्यो बाहेक धुमपान, पान गुड्का, सुपारी खानाले पनि मुखको क्यान्सर हुने चिकित्सक बताउँछन् । मुखको क्यान्सरका लक्षणः मुखमा रातो, खैरो, सेतो वा मिश्रति दाग, धब्बा वा पत्र देखिन्छ । घाटीमा गिर्खाहरु देखा पर्नु, नदुख्ने वा दुख्ने घाउ आउनु, खटिरा देखिनु, अस्वभाविक रक्तस्राव हुनु, मसलादार खाना खाँदा पोल्नु, खान, निल्न, पिउन अप्ठ्यारो हुनु, घाउ तथा खटिराको आकार बढ्दै जानु, र्याल बढी आउनु मुखको क्यान्सरको लक्षण भएको चिकित्सकको भनाइ छ । मुखको क्यान्सरका रोकथामका उपाय; समयमै उच्च सावधानी अपनाए मुखको क्यान्सरको रोकथाम पनि गर्न सकिने चिकित्क बताउँछन् । मुखमा भएका परिवर्तन, घाउ खटिरा, दाग सजिलैसँग घरमानै मुख धुँदा दाँत माझ्दा पहचिान गरि निदान गर्न सकिने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार सूर्तिजन्य पदार्थ र मध्यपान सेवन नगरे, संक्रमण भए उपचार गरेमा दीर्घकालीन चोटपटक, घर्षणबाट मुक्त रहन सकेमा, राम्रोसँग मुखको सफाई तथा बेलाबेलामा कुल्ला गर्ने गरेमा, दाँतको समस्याको बेलैमा उपचार गरेमा मुखको क्यान्सरबाट बच्न सकिन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे  छलफल

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

२५ भाद्र, काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकार मातहतका …

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

१६ भाद्र, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्…