SamwadKhabar logo

               

खेलकूद

नेपाल टी-२० वरीयतामा दुई स्थान खस्कियो

संवाद खबर

संवाद खबर

नेपाल टी-२० वरीयतामा दुई स्थान खस्कियो
फाल्गुन ११, काठमाडौँ । नेपाल आईसीसी टी– २० वरीयतामा दुई स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल दुई स्थान खस्किएर १५औँ स्थानमा छ । यसअघि नेपाल १३औँ स्थानमा थियो । ओमानमा जारी आईसीसी टी– २० विश्वकप ग्लोबल छनोट खेलको सेमिफाइनलमा यूएईसँग पराजित भएसँगै नेपालको वरीयता खस्किएको हो । वरीयतामा नेपाल पछिल्ले दुई साता भित्र तीन स्थान खस्किएको छ । ओमान जानुअघि १२औँ स्थानमा रहेको नेपाल ओमानमा चार देश सम्मिलित टी–२० सिरिजमा एक जित र दुई हार खेपेपछि वरीयतामा एक स्थान खस्किएको थियो । नेपालले सिरिजमा ओमानलाई हराएको थियो । यूएई र आयरल्यान्डसँग पराजित भएको थियो । अहिले वरीयतामा नेपालअघि आयरल्यान्ड १४औँ, स्कटल्यान्ड १३औँ, यूएई १२औँ, जिम्बावे ११औँ, बंगलादेश १०औँ, श्रीलंका नवौँ, अफगानिस्तान आठौँ र वेस्टइन्डिज सातौँ स्थानमा छ । वरीयतामा नेपालपछि नामिबिया १६औँ नेदरल्यान्ड्स १७औँ, ओमान १८औँ, पपुवा न्युगिनी १९औँ र सिंगापुर २०औँ स्थानमा छ । भारत शीर्षस्थानमा छ । इङ्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौँ र अष्ट्रेलिया छैटौँ स्थान छ । विश्वकप छनोटको सेमिफाइनलमा यूएईसँग पराजित भएको नेपालले तेस्रो स्थानका लागि बिहीबार आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछ । ओमान पनि सेमिफाइनलमा आयरल्यान्डसँग पराजित भएको थियो । सेमिफाइनल जितेको युएई र आयरल्यान्ड विश्वकपमा छनोट भएका छन् । नेपाल एकदीवसीय वरीयतामा भने १६औँ स्थानमा छ ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…