SamwadKhabar logo

समाचार

नेपाल बसेर चिनियाँ नागरिकले गरे भारत विरोधी अपराधिक गतिविधि

संवाद खबर

संवाद खबर

नेपाल बसेर चिनियाँ नागरिकले गरे भारत विरोधी अपराधिक गतिविधि
फागुन १२, काठमाडौँ । चिनियाँ नागरिकले नेपाललाई प्रयोगशाला बनाउँदै भारत विरोधी अपराधिक गतिविधि सञ्चालन गरेका छन् । तीनिहरुले नेपाली नागरिकलाई समेत प्रयोग गरेर आपराधिक गतिविधि सञ्चालन गर्दै आईरहेको छ । गत काठमाडौँको मध्य बानेश्वर र भक्तपुरको ठिमीबाट प्रहरीले फागुन १० मा दुईजना चिनियाँलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा थप ११५ जना नेपाली छन् । उनीहरू चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरका कर्मचारी हुन् । पक्राउ पर्नेमा ६० जना महिला कर्मचारी छन् । ५६ जना युवाहरू छन् । चिनियाँ नागरिक वर्ष २९ का वाङजिनाओ र छाङ हुई बाओ चाहिँ लगानीकर्ता हुन् । पुरानो बानेश्वरको ‘लेमन ग्रुप अफ कम्पनी’ र सानो ठिमीको कल सेन्टरबाट चिनियाँ नागरिकले ऋण लगानी गर्ने गरेका थिए । सो लगानी अनलाइन एप्स मार्फत गरिएको र एक सातामा चर्को ब्याज असुल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘भारतमा टेलिभिजन र सामाजिक सञ्जालमा विज्ञापन बुस्ट गराएर उनीहरूले ऋण लिन आकर्षित गरेको देखिन्छ’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनाली भन्छन्–‘थोरै समयको लागी ऋण दिने र त्यसपछि धम्क्याएर चर्को ब्याज सहित रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’ कल सेन्टर चाहिँ नेपालीको नाममा दर्ता गरिएको थियो । पर्यटक भिसामा नेपालमा बसिरहेका छाङ हुई बाओ ले सिन्धुली घर भएका दीपक श्रेष्ठको नाममा ‘लेमन ग्रुप अफ कम्पनी’मा लगानी गरेको भेटिएको छ । त्यहाँ काम गर्ने कर्मचारीहरूलाई चिनियाँले ऋण लिएको पैसाको चर्को ब्याज नतिर्ने भारतीयहरूलाई धम्क्याउन प्रयोग गर्थे । नेपालमा बसेर भारतमा इजी क्रेडिट, फ्री क्यास, ह्याण्डी लोन, गो लोन, रुपी स्टार र हाई क्यास लगायतका मोबाइल एप्स मार्फत ऋण लगानी गरेका थिए । भारतीय नागरिकले एक साताका लागी सो मोबाइल एप्समा ‘लोन एप्लाई’ गर्नुपर्थ्यो । एक जनालाई २ हजार देखि २० हजार र ३ हजार देखि ३० हजार भारतीय रुपैयाँ प्रवाह गर्थे । सो ऋण एक सातामा ब्याजसहित फिर्ता गर्नुपर्थ्यो । ऋणका लागि आवेदन भर्दा ग्राहकले आफ्नो आधार कार्ड सहितको सबै विवरण भर्नुपर्छ । ऋण लिएको सात दिनमा ३५ प्रतिशत थपेर फिर्ता नगरेमा कल सेन्टरका कर्मचारीले धम्क्याउने र तथानाम गाली गरेर आफन्तलाई फोन गरेर हैरानी दिने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी मैनालीले रातापाटीलाई बताए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि