SamwadKhabar logo

समाचार

बन्द गराउँदै हिँडेका १० जना पक्राउ

संवाद खबर

संवाद खबर

बन्द गराउँदै हिँडेका १० जना पक्राउ
फागुन १६, काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट बन्द गराउँदै हिँडेका १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरका अनुसार नयाँ बसपार्कबाट ४ जना, चावहिलबाट १ जना, जमलबाट २ जना र स्वयम्भूको कारखाना चोकबाट १ जना पक्राउ परेका हुन् । त्यस्तै प्रहरीले काठमाडौंको जमलस्थित कमलाक्षीबाट दुईजना बन्दकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को बागमती प्रदेश सचिव सुरेश श्रेष्ठ र सदस्य सर्जित बज्राचार्य हुन् । असन र कमलाक्षी क्षेत्रमा पसल बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए । उनीहरुलाई महानगरीय प्रहरी वृत दरबारमार्गमा राखिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार (आज) बन्दको आह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले बन्दको आह्वान गरेका हुन् । गाडीमा तोडफोड सुन्धारास्थित काठमाडौं मल अगाडी बन्दकर्ताले सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । बन्दकर्ताले ढुंगा हानेर दक्षिणकाली चोभार यातायातको गाडी तोडफोड गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मोटरसाइकलमा आएकाहरूले गाडीमा ढुंगा हानेर भागेका थिए । ढुंगा प्रहारबाट बा३ख ११५८ नम्बरको बसमा सामान्य क्षति पुगेको छ । त्यस्तै बन्दकर्ताले काठमाडौंको सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा पनि तोडफोड भएको प्रहरीले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि