SamwadKhabar logo

समाचार

धनगढी देखी पोखरा सिधा हवाई सेवा सुरु

देवराज रिजाल

देवराज रिजाल

धनगढी देखी पोखरा सिधा हवाई सेवा सुरु
१९ फागुन, काठमाडौँ । निजी क्षेत्रको बुद्ध एयरलाइन्सले फागुन १८ गतेदेखि पोखरा–धनगढी–पोखरासम्म सिधा हवाई सेवा सुरु गरेको छ । धनगढी विमानस्थलमा नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट नाटा सुदूरपश्चिमका पदाधिकारीले पोखराबाट धनगढीका लागि उडान भरेको पहिलो बुद्धएयरका १८ यात्रुलाई स्वागत गर्नुका साथै धनगढीबाट पोखरा जाने यात्रुलाई बिदाइ गर्नुभयो । पोखरादेखि धनगढीसम्मको सिधा हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिमका बासिन्दाले काठमाडौं हुँदै पोखरा जानुपर्ने बाध्यता हट्ने भई समय र पैसाको समेत बचत हुने देखिएको धनगढीस्थित बुद्धएयर स्टेशनका प्रमुख बुधराम माझीले बताउनुभयो । “पोखरा–धनगढी–पोखरासम्म आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने गरी हवाई सेवा दिन सुरु गरेका छौँ”, माझीले भन्नुभयो, “यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरेका छौँ ।” पर्यटन व्यवसायी मायाप्रकाश भट्टले पोखरा धनगढीसम्म हवाई सेवा सुरु भएसँगै सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने अपेक्षा गरिएको बताउनुभयो । नाटा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले मुक्तिनाथ र पोखरा भ्रमण गर्न चाहने भारतीयका साथै आन्तरिक पर्यटकलाई समेत लक्षित गरी पोखरा–धनगढीको सिधा हवाई सेवा सञ्चालन गर्न बुद्धएयर सहमत भएको बताउनुभयो । “अहिलेसम्म हामी पर्यटकका लागि काठमाडौंको मात्र प्याकेज बनाउन पाउँथ्यौँ, सिधा हवाई सेवा सुरु हुँदा अब पर्यटकका लागि पोखराको पनि प्याकेज बनाउन पाउने भयौँ”, उहाँले भन्नुभयो, “यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने छ ।” नाटा सुदूरपश्चिमले विगत केही वर्षदेखि नै पोखरा–धनगढीको सिधा हवाई सेवा सुरु गर्न विमान कम्पनीसँग आग्रह गर्दै आएको थियो । धनगढी विमानस्थलबाट काठमाडौं–धनगढी–काठमाडौंसम्म बुद्धएयरलगायतका निजी विमान कम्पनीले दैनिक हवाई सेवा सञ्चालन गर्दै आएका छन् । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि