SamwadKhabar logo

समाचार

आज विश्वभर श्रवण दिवस मनाइँदै

देवराज रिजाल

देवराज रिजाल

आज  विश्वभर श्रवण दिवस मनाइँदै
१९ फागुन, काठमाडौँ । ‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ भन्ने नारासहित आज विश्व श्रवण दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ३ का दिन विश्व श्रवण दिवस मनाउने गरिन्छ । आज विश्वभर विभिन्न कार्यक्रम गरी श्रवण दिवस मनाइँदै छ । श्रवण शक्ति कम हुने समस्या धेरैमा देखिने साझा स्वास्थ्य समस्या हो । यो दिवसका अवसरमा चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । यस्तै, श्रवण शक्तिको कमिका कारण आउने स्वास्थ्य समस्याका बारे खुलेर छलफल गर्ने वातावरण सिर्जना गर्न मन्त्रालयले जोड दिएको छ । मन्त्रालयले कम श्रवण शक्तिका लक्षणहरूबारे समेत जानकारी गराएको छ । यी लक्षण देखिएमा सुन्ने क्षमता (श्रवण शक्ति) कम हुनसक्छः अरुको कुरा नबुझेर बारम्बार कुरा दोहोराउन अनुरोध गर्नु । टेलिफोनमा कुरा गर्न गाह्रो हुनु । चराचुरुङ्गीको आवाज नसुन्नु । कान कराउनु । बोलेको सुन्नु तर नबुझ्नु । अरुसँग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु । धेरै हल्ला भएको ठाँउमा कुरा गर्न गाह्रो हुनु । रेडियो सुन्दा, टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु । श्रवण शक्ति कम हुन नदिने उपायहरु चर्को ध्वनि भएको क्षेत्रमा काम गर्दा कपास ९इयर प्लग०को प्रयोग गरौँ । मोबाइल फोन धेरै र लामो समयसम्म प्रयोग नगरौँ । हेडफोनबाट गीत सुन्दा चर्को आवाजमा नसुनौं । जथाभावी सवारी साधनको हर्न नबजाऔँ । ठूलो आवाज भएको ठाउँमा लामो समयसम्म नबसौं । नियमित व्यायाम गरौँ अरुलाई चर्को ध्वनिबाट हुनसक्ने असरको बारेमा जानकारी दिऔं र त्यसबाट बच्ने उपाय सिकाऔँ । क्लव पार्टी प्यालेस, डान्सबारमा चर्को ध्वनिलाई व्यवस्थित गरौँ । आफ्नो श्रवण शक्तिमा कमी आएको महसुस भएमा समयमा परीक्षण तथा उपचार गरौँ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि