SamwadKhabar logo

               

खेलकूद

युवा मानसिकताको व्यवस्थापन आवश्यक छ – मन्त्री अथक

संवाद खबर

संवाद खबर

युवा मानसिकताको व्यवस्थापन आवश्यक छ –  मन्त्री अथक
फागुन २०, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवाहरुको सोचलाई सहि ढंगले ब्यवस्थापन गरी देश विकासमा लगाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा परिषदको ७ औं स्थापना दिवसको अवसरमा सानोठिमी भक्तपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले देश निर्माणकालागि युवाजन्य मानसिकताको ब्यवस्थापन आवश्यक रहेको बताउनुभएको हो ।  परिषदका अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले युवाहरुलाई असल कार्यकालागी मानसिक रुपमै तयार गर्नुपर्ने बताउनुभयो । नेपालमा तिन थरीका युवाहरु रहेको जिकिर गर्दै मन्त्री अथकले भन्नुभयो, “एकथरी स्वदेशमै केही गरेर सफल भएका, अर्कोथरी विदेश गएर सिप सिकेर आएका र नेपालमै केही गर्न चाहने युवा छन भने स्वदेशमा केही गर्न नसकेर आफ्नै जिवनदेखी निराश भएका तेस्रोथरी युवाहरु पनि हाम्रै समाजमा छन ।” उनिहरुलाई एउटै शुत्रमा बाँधेर नयाँ जिवन कसरी देखाउन सकिन्छ भन्ने तर्फ सबैले ध्यान दिनुपर्ने मन्त्री अथकको भनाई थियो । युवाहरुलाई नेतृत्व तहमा पुर्याउने आधार तयार गर्न युवा परिषदले विगतदेखी नै महत्वपूर्ण भुमिका खेल्दै आएको बताउँदै मन्त्री अथकले आदर्श जिवनकालागि युवा उमेरदेखी नै सत्कार्यको अभ्यास हुने खालको वातावरण तयार गर्ने दायित्व राज्यको भएको बताउनुभयो । अबका युवाहरुले ब्यवस्था परिवर्तनकालागि कुनै संघर्ष गर्नुपर्ने अवस्था नरहेकाले उद्यमशिल कार्यमा ध्यान दिन समेत मन्त्री अथकले आग्रह गर्नुभयो । युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा युवा अभियन्ता तथा युथ भिजन २०२५ निर्माण कार्यदलका सदस्य प्रदिप परियारले युवाको अवस्था, चुनौती र अवसर विषयक कार्यपत्र पेश गर्नुभएको थियो । उक्त कार्यपत्रमाथी टिप्पणी गर्दै विभिन्न वक्ताहरुले सुझाव समेत दिनुभएको थियो ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…