SamwadKhabar logo

समाचार

एक हजार रुपैयाँको नक्कली नोटको कारोबार गर्ने म्याग्दीमा भेटिए

देवराज रिजाल

देवराज रिजाल

एक हजार रुपैयाँको नक्कली नोटको कारोबार गर्ने म्याग्दीमा भेटिए
२० फागनु, काठमाडौँ । एक हजार रुपैयाँको दुई थान नक्कली नोट म्याग्दीमा एक जलविद्युत आयोजनामा कार्यरत भारतीय मजदुरबाट भेटिएको छ। निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने रघुगंगा गाउँपालिका–३ मा मजदुरबाट शंकास्पद नोट फेला परेको हो। आयोजनाको अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान किन्ने क्रममा उक्त नोट भेटिएको थियो। करिब दुई साता अगाडि जलविद्युत आयोजनाको पिप्लेबाट सङ्केत नंवर (ज ५५०५७३८६६) र सङ्केत नंवर (ज ५५०५७४०८१) नम्बरको नोट शंकास्पद देखिएपछि थप परीक्षणसहित अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए। ‘गाउँमा भेटिएको नोट नक्कली देखिएको छ,ु प्रनाउ राईले भने, ुनक्कली नोटको आशंका गरेमा तत्काल खवर गर्नु अनुरोध समेत गर्छु।’ उनले बजारमा नक्कली नोट छ्यापछ्याप्ती नभएपनि शंका लागेमा चेकजाँच गर्न अनुरोध गरे। आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)को तर्फबाट अडिटमा खटिएका सुपरभाइजर तहका प्रतिनिधिबाट मजदुर हुँदै पसलसम्म उक्त नक्कली नोट पुगेको थियो। आयोजनाको सुरुङ निर्माणतर्फ अधिकांश भारतीय कामदार कार्यरत छन्। सीमा क्षेत्रबाट नक्कली नोट गाउँमा पुगेको हुन सक्ने भन्दै आयोजना पक्षलाई समेत आफ्नो मातहतका मजदुरका बारेमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालयमार्फत निर्देशन गरिएको प्रहरीले जनाएको छ। नक्कली नोटका बारेमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट प्रहरीमा नोटसहित पठाइएको थियो। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सुरुङ, विद्युतगृह र पावर हाउस निर्माणका काम गरिरहेको छ। म्याग्दीमा भिडभाड हुने स्थान, पसल, वित्तिय संस्थामा यस अगाडि समेत नक्कली नोट भेटिएको थियो। झट्ट हेर्दा उस्तै देखिएपनि नक्कली नोट हेरेर र छामेर चिन्न सकिन्छ। सक्कली नोट नयाँ होस वा पुरानो छाम्दा खस्रो हुन्छ भने नक्कली नोट चिल्लो हुने भएकाले नोट हातमा पर्दा सुरूमा यही कुरा ख्याल गर्नुपर्ने वित्तिय संस्थाका प्रतिनिधिहरुको भनाइ छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि