SamwadKhabar logo

               

स्वास्थ्य

अवैध गर्भपतन मुद्दामा दुई जना पक्राउ

देवराज रिजाल

देवराज रिजाल

अवैध गर्भपतन मुद्दामा दुई जना पक्राउ
२२ फागुन, काठमाडौँ । सिरहाः लहान प्रहरीले दुई जनालाई अवैध गर्भपतन मुद्दामा पक्राउ गरेर कारबाही चलाएको छ। लहान नगरपालिका–३ मा राजदेवी मेडिकल नामक अवैध क्लिनिक सञ्चालन गरी गर्भपतन गराउँदै आएका ३८ वर्षीय उमेश चौधरी र उनकी पत्नी ३० वर्षीया राजकुमारी चौधरीलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी कारबाहीका लागि लहान प्रहरी कार्यालयमा राखिएको छ। लहान प्रहरी कार्यालयका प्रमुख डिएसपी तपन दाहालले सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ की २५ वर्षीयको गर्भपतन गराइरहेका बेला चौधरी दम्पतीलाई प्रहरीले पक्राउ गरेको बताए। लहानकै एक भिडियो एक्सरे सेन्टरले भ्रूण छुट्याएर ती महिलालाई गर्भपतनका लागि चौधरीको क्लिनिकमा पठाएको बताइएको छ। प्रहरीले गर्भपतन गराउने महिलालाई नियन्त्रणमा लिएको थियो। बयानपछि उनलाई छाडिएको छ। भ्रूण छुट्याउने भिडियो एक्सरे सेन्टरका सञ्चालक भने पक्राउ परेका छैनन्। उनले भिडियो एक्सरे गराउने स्थानको सम्पूर्ण विवरण र प्रमाण प्रहरीलाई दिएकी छन्। चौधरीद्वयले सञ्चालन गरेको क्लिनिक पनि गैरकानुनी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरूले क्लिनिकमै सञ्चालन गरेको औषधि पसल पनि कानुनविपरीत रहेको बताइएको छ। चौधरीद्वयलाई कानुनले बिरामी जाँचेर औषधि लेख्ने अधिकार दिँदैन। केही समयअघि लहान–३ अस्पताल चोकस्थित खेतमा सालनालसहित शिशुको शव फेला पर्‍यो। खेतमा फालिएको नवजात शिशु (छोरा) को शव परीक्षणका लागि राउ स्मारक अस्पताल लहानमा पुर्‍याइयो। परीक्षणका क्रममा चिकित्सकले उक्त शव १८ देखि २० साताको भएको खुलाए। प्रहरीले सूचनाका आधारमा एक युवती र उनीसँगै आएकी महिलालाई अस्पताल चोकबाटै नियन्त्रणमा लियो। ती युवतीलाई राउ स्मारक अस्पताल लहानमा स्वास्थ्य परीक्षण गराउँदा उनले गर्भपतन गराएको खुल्यो। त्यसपछि प्रहरीले ती युवतीलाई जिल्ला अदालत सिरहाबाट अवैध गर्भपतन मुद्दामा म्याद थप गरी कारबाही अघि बढाएको छ। लहान नगरपालिका–७ मारवाडी सेवा समिति नजिकको नहरमा सालनालसहित फालिएको शिशु (छोरी) को शव कुकुरले फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरीले शव परीक्षण गर्‍यो तर उक्त घटनामा संलग्नलाई पहिचान गरी कानुनी दायरामा ल्याउन सकेन। भ्रूण हत्या यहाँका लागि नौलो भने होइन। पछिल्लो समय अवैध गर्भपतन गराउने अखडाका रूपमा लहानको पहिचान बन्दै गएको छ। यहाँ अवैध गर्भपतन गराउने स्वास्थ्य केन्द्रको जगजगी छ। नियामक निकायले गैरकानुनी धन्दामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसक्दा गैरकानुनी गर्भपतन (भ्रूण हत्या) मौलाउँदै गएको स्थानीय बताउँछन्। पछिल्लो समय लहान बजारमा बग्रेल्ती खुलेका अल्ट्रासाउन्ड सेन्टर र पोलिक्लिनिक, मेडिकेयर सेन्टर, औषधि पसलमा लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढेको छ। निजी क्लिनिकमा काम गर्ने डाक्टर र तिनका सहयोगी मोटो रकम लिएर भ्रूण हत्यामा संलग्न भएको पाइएको छ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे  छलफल

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

२५ भाद्र, काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकार मातहतका …

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

१६ भाद्र, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्…