SamwadKhabar logo

               

स्वास्थ्य

हरेक दिन हलुका उफ्रिनुहोस्, हड्डी बलियो बन्छ

संवाद खबर

संवाद खबर

हरेक दिन हलुका उफ्रिनुहोस्, हड्डी बलियो बन्छ
एजेन्सी– शरीर स्वस्थ राख्न हामी नियमित व्यायाम गर्छौ, दौडन्छौँ, हिँड्छौँ। जुन निकै राम्रो हो। एउटा अध्ययनले दैनिक कम्तीमा दुई मिनेटसम्म हलुका उफ्रँदा हड्डी बलियो बन्ने र भाँचिने खतरा कम हुने देखाएको छ। उफ्रनुलाई व्यायामका रुपमा नलिइए पनि नियमितको हल्का उफ्राइले हिप भाँचिनबाट जोगाउने अनुसन्धानकर्ताले दाबी गरेका छन्। अध्ययनका अनुसार दिनमा दुई मिनेट मात्र उफ्रिने अभ्यास गर्दा हिपको हड्डी बलियो बन्छ र टुटफुट हुने खतरा टर्छ। यस्तो व्यायायमले एक वर्षमा हड्डी कसिलो र बलियो हुने अनुसन्धानले देखाएको हो। बुढेसकाल र क्याल्सियमको कमीले विश्वका एक तिहाईभन्दा बढी मानिस हड्डी कमजोर हुने समस्याबाट ग्रसित छन्। लोगबोरग युनिभर्सिटीका अनुसन्धानकर्ताले ६५ देखि ८० वर्ष उमेर पुगेका मानिसको अध्ययन गरेका थिए। उनीहरु एक वर्षसम्म एक खुट्टाको भरमा उफ्रिने कार्यक्रममा सहभागि थिए। उनीहरुको अन्य शारीरिक गतिविधि र डाइटसम्बन्धी व्यवहारलाई त्याग्न भनिएको थियो। एक वर्षको अध्यनपछि उनीहरुमा परिवर्तन आएको थियो। कमजोर हड्डीका कारण विभिन्न समस्या झेलेका मानिस सो व्यायायमबाट लाभान्वित भएका थिए। यो व्यायायम हड्डीसम्बन्धी समस्या हुनेहरुका लागि महत्वपूर्ण रहेको उनीहरुको दाबी छ। व्यायायम गर्नेहरुमा अर्गानको बाहिरी कोषको ७ प्रतिशत तन्तु बढ्नुका साथै हड्डी पनि गँठिलो देखिएको थियो। त्यसैगरी, भाँचिने खतरा भएका पातलो हड्डीहरुमा पनि सुधार आएको थियो। 'हिप हप’ नाम दिइएको उक्त अध्ययनमा सहभागीले खट्टा उचालेर बुरुक्क–बुरुक्क उफ्रिनु पर्दथ्यवो। उफ्राइपछिको सटी स्क्यान रिपोर्टमा उनीहरुको हड्डीबारे अध्ययन गरिएको थियो। लोगबोरग युनिभर्सिटीको नेसनल सेन्टर फर स्पोर्टस एन्ड एक्सरसाइज मेडिसियनमा अनुसन्धान गरेकी डा. सारा एलिसनले भनिन्, 'प्रौढहरुको हड्डी भाँचिने मुख्य स्वास्थ्य चासो हो। यसबाट आर्थिक र सामाजिक मूल्य धेरैले चुकाएका छन्। त्यसैले यो अध्ययन उपयोगी हुनसक्छ।’ उनले थपिन्, 'हामीलाई थाहा छ व्यायामले हड्डीको शक्तिलाई सुधार गर्न सक्छ र तसर्थ घरमा सजिलै र छिटो गर्न सकिने व्यायामलाई हामीले रोजेका हौँ।’ हड्डीको सिटी स्क्यानको निरीक्षण गरेका डा. विनस्टोन रेनी भन्छन्, 'दैनिक उफ्राइपछि हड्डीको नक्शाले हड्डीमा स्पष्ट परिवर्तन आएको देखाएको छ।’ कुनै पनि व्यायाम विस्तारै गर्नु महत्वपूर्ण हुने अनुसन्धानकर्ताहरुले बताएका छन्। त्यस्तै उफ्रँदा लड्न सक्नेतर्फ भने सचेत रहन उनीहरुले सुझाएका छन्।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे  छलफल

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

स्वास्थ्यमन्त्री थापाद्वारा प्रादेशिक अस्पतालको अनुगमन

२५ भाद्र, काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकार मातहतका …

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

१६ भाद्र, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्…