SamwadKhabar logo

समाचार

जागिरको नाममा ठग्दै गरेका जब सेन्टरहरु प्रहरीको नियन्त्रमण

देवराज रिजाल

देवराज रिजाल

जागिरको नाममा ठग्दै गरेका जब सेन्टरहरु प्रहरीको नियन्त्रमण
२५ फागुन, काठमाडौँ । महानगरीय अपराध महाशाखाले फागुन २२ मा त्यसरी ठगेको आरोपमा काठमाडौंका ९ वटा जब सेन्टरका संचालकलाई पक्राउ मुद्दा चलाएको छ । पत्रिकामा आउने ‘वर्गीकृत विज्ञापन’,काठमाडौंका चोकमा बाँड्ने पर्चा र फेसबुकमा आउने विज्ञापन हेरेर ‘जब सेन्टर’ धाउने मानिसहरु ठगिने गरेको पाइएको छ ।   काठमाडौं बस्ने शोभा मगर साथीको सम्पर्कबाट चावहिलमा रहेको प्राश्ना जब इन्टरनेशनल मल्टिप्रपोजमा पुगिन् । रौतहट घर भएकी २५ वर्षीया सिर्जना लामिछानेले चलाएको सो जब सेन्टरले शुरुमा ३ सय लिएर उनलाई फारम भर्न भन्यो । उनले सात दिन सोही जब सेन्टरको रिसेप्सनमा काम गरिन् । त्यसपछि ‘जागिर चार्ज’ भनेर उनीसँग ४ हजार लिएर प्राश्नाको संचालकले उनलाई अर्को कम्पनीमा पठाए । प्राश्नाका संचालकले ‘१० हजार तलव आउँछ’ भनेका थिए । ‘तर,सो कम्पनीले सम्पर्क गर्न भनेको अर्को जब सेन्टरमा मलाई मासिक ५ हजार मात्र तलव दिने बताए,’ रातोपाटीसँग कुरा गर्दै शोभाले भनिन्, ‘५ हजारमा के जागिर खानु,त्यसपछि म त्यहाँबाट फर्किएँ ।’ जागिर शुल्क र फारम शुल्क बापत उनले ४ हजार ३ सय गुमाइन् । कोटेश्वर,चावहिल र बालाजुमा संचालित ९ वटा जागिर खोजिदिने केन्द्रहरुले शोभालाई जसैगरी ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘जागिर दिने नाममा उनीहरुले हैरानी दिएर ठगेको अनुसन्धानबाट थाहा भएको छ’ महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले भने, ‘जब सेन्टरबाट ठगीएका ३५ जनाले जाहेरी दिएका छन्,पीडितको संख्या थपिँदै छ ।’ कोटेश्वरमा संचालित अनमोल जब मल्टिप्रपोजका संचालक रामबचन कुमार यादव समेत चारवटा जब सेन्टरका संचालकविरुद्ध २१ जनाले उजुरी गरेका छन् । कोटेश्वरकै सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिसका संचालक २६ वर्षीय अमर पाण्डेको विरुद्ध पनि १३ जनाले उजुरी दिएका छन् । विभिन्न ठाउँमा सोसाइटी वेलफेयरले ११ वटा शाखा कार्यालय संचालन गरेको खुलेको प्रहरीले जनाएको छ । जब सेन्टरहरूले सामाजिक संजालमा ‘घरमै बसेर लाखौं कमाउन सकिन्छ’ भनेर जागिरको खोजीमा बसेकाहरुलाई ‘फिसिङ’ गर्छन् । अनि,त्यहाँ गएपछि अनेक बहानामा शुल्क लिएर जागिर दिँदैनन् । सोसाइटी वेलफेयर फेसिलिटिज म्यानेजमेन्ट सर्भिसका संचालक हुन्,अर्घाखाँची घर भएका अमर पाण्डे । कोटेश्वरस्थित सो जब सेन्टरको शाखा कार्यालय बानेश्वरमा पनि छ । बानेश्वर शाखाका प्रबन्धक हुन्,अर्घाखाँचीकै तिलकराम पाण्डे । दुईवटा शाखाबाट सो जब सेन्टरले ७५ लाख ठगेको रसिद प्रहरीले फेला पारेको छ ।   ‘सोसाइटी वेल्फेयर मात्र ७५ लाख ठगेको देखियो’ महाशाखाका एसपी कोइराला भन्छन्, ‘हामी सो कम्पनीको बैंक खाताबारे पनि अनुसन्धान गर्दै छौं ।’काठमाडौं बस्ने तपबहादुर मगर जागिरको खोजीमा प्राश्ना जब इन्टरनेशनल मल्टिप्रपोजको बानेश्वर शाखामा गएका थिए । ५ सयको फारम भराएर प्रश्नाले उनलाई भनेको थियो–‘तपाईलाई फ्याक्ट्रीमा जागिर मिल्छ ।’ केही दिन धाएपछि ३ हजार रुपैयाँ शुल्क लिएर उनलाई कोटेश्वरस्थित अनमोल जब मल्टिप्रपोजमा पठाइयो । महानगरीय अपराध महाशाखामा उजुरी दिन आएका तपबहादुर मगरले भने, ‘मलाई २–३ वटा जब सेन्टरमा घुमाए तर,जागिर दिलाएनन् ।’ जब सेन्टरले तालिम गराउने नाममा पेपर कटिङ र गुडिया बनाउन लगाएर नसक्ने टार्गेट दिएर हतोत्साहित पार्ने गरेका थिए । हतोत्साहित बनाएपछि जागिर खोज्नेहरू सेवा शुल्क माया मारेर सम्पर्कमा जान छाड्थे । पक्राउ गरिएका ९ जना संचालकलाई अदालतबाट ठगी मुद्दामा म्याद लिएर महानगरीय प्रहरी वृत बानेश्वर र बालाजुमा राखिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि