SamwadKhabar logo

समाचार

फुङलिङ बजारमा आगलागी एकजना घाइते

देवराज रिजाल

देवराज रिजाल

फुङलिङ बजारमा आगलागी एकजना घाइते
२७ फागुन, काठमाडौँ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा आगलागी भएको छ । शुक्रबार बिहान करिव ८ः३० बजेतिर आगलागी हुँदा एकघर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एकघरमा आंशिक क्षति भएको छ । उक्त आगलागीमा परी एकजना वृद्धा घाइते हुनुभएको प्रहरीले जनाएको छ । शरीरको अधिकांश भाग जलेको बताइएको छ । घाइते वृद्धालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको र उहाँको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । यता आगलागीको कारण खुलेको छैन भने आगलागीले ध्वस्त भएका घरमुलीहरुको नाम पनि खुलिनसकेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । सो आगो नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको बारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ । आगो नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जुटेका छन् । अहिले आगो नियन्त्रणउन्मुख रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि