SamwadKhabar logo

समाचार

अङ्ग दानसम्बन्धी ऐनमा संशोधन आवश्यक : गृहमन्त्री

संवाद खबर

संवाद खबर

अङ्ग दानसम्बन्धी ऐनमा संशोधन आवश्यक : गृहमन्त्री
चैत १, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मिर्गौला दानका लागि आफ्नो नातागोतामात्र हुनुपर्ने ऐन कानुनलाई संशोधन गरिनुपर्ने बताउनुभएको छ । गृहमन्त्री खाणले आफ्नो अङ्ग दानले कसैको जीवन बचाउन मद्दत गर्छ भने यस्तो कार्य गर्नु हरेक नागरिकको कर्तव्य रहेकोमा जोड दिनुभयो । किस्ट मेडिकल कलेजद्वारा सोमबार आयोजित सप्ताहव्यापी विश्व मिर्गौला दिवस समापन कार्यक्रममा गृहमन्त्री खाणले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।उहाँले भन्नुभयो, “मानव अङ्ग दानबारे सकारात्मक सन्देश दिन आवश्यक छ । यस्तो राम्रो कार्य गर्न सबैलाई उत्साहित गर्नुपर्छ ।” उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासहित आफूले मरणोपरान्त आफ्नो अङ्गहरू दान दिने प्रतिबद्धता गरेको र त्यसका लागि प्रक्रिया अगाडि बढाउन सम्बद्ध मन्त्रालयलाई आग्रह गर्नुभयो । उहाँले मिर्गौला रोगका विषयमा जनचेतना जगाउन हुलाक टिकट र चित्रकलाको माध्यमले मद्दत पुग्नेसमेत चर्चा गर्नुभयो । उहाँले चिकित्सकलाई एक कलाकारको संज्ञा दिँदै भन्नुभयो, “कलाकारहरू रङबाट कृति बनाउनुहुन्छ । चिकित्सकले मानवको अङ्गलाई मिलाई जीवनदान दिनुहुन्छ ।” उहाँले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको हितमा रहेकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “एमसीसी पारित नहुँदा के हो, के हो जस्तो भयो, अब पास भएपछि स्वास्थ्यमा सुधार आएको बिरामीजस्तो भएको छ ।” कार्यक्रममा कला परिषद्का अध्यक्ष तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले स्वास्थ्य तथा दीर्घ जीवनका उपायबारे चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो पुस्ताको खानपान, उपचारको विधिलाई अध्ययन र अनुसन्धान गरी जनमानसमा ल्याउनुपर्छ ।” कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मस्तिष्क मृत्यु भएकाको अङ्ग निकालेर अन्य व्यक्तिकोमा प्रत्यारोपण गर्ने कामलाई अगाडि बढाइएको जानकारी दिनुभयो । सो कार्यलाई प्रोत्साहित गर्न यससम्बन्धी ‘एप’ निर्माण भइरहेकोसमेत सचिव डा. पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार, यो ‘एप’ निर्माणपछि अङ्ग दान सहज हुने र कसलाई कुन अङ्ग आवश्यक परेको छ भन्ने सहजै थाहा पाउन सकिनेछ । यस्तै, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन तथा नेपाल सरकार अङ्ग प्रयारोपण समन्वय समितिका अध्यक्ष प्रा. डा. दिव्या सिंह शाहले मृत्युपश्चात् अङ्ग दान गर्न सकिन्छ भन्ने जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । मस्तिष्क मृत्युपछि तीन जनाले अङ्ग दान गरिसकेका छन् । उहाँले सन् २००८ यता दुई हजार पाँच सय जनाको मिर्गौला प्रत्यारोपण सफल भइसकेको जानकारी दिनुभयो । हाल सात हजार जना प्रत्यारोपणका लागि पर्खाइमा छन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि