SamwadKhabar logo

समाचार

वैशाखदेखि ट्रायल पास गरेको १० दिनभित्र लाइसेन्स उपलब्ध गराउँछौं – विभाग

संवाद खबर

संवाद खबर

वैशाखदेखि ट्रायल पास गरेको १० दिनभित्र लाइसेन्स उपलब्ध गराउँछौं – विभाग
चैत ४, काठमाडौं । चैत १ गतेदेखि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)  को अनलाइन आवेदन बन्द गरेको छ । विभागलले पुराना आवेदकलाई लाइसेन्स उपलब्ध गराउने र लाइसेन्सको सफ्टवेयर प्रविधि सुधार गर्नुपर्ने भएकाले आवेदन बन्द गरिएको जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले पुराना आवेदकहरुको चापले गर्दा नयाँ आवेदन बन्द गरिएको बताए । ‘‘पुराना सेवाग्राहीको समस्या समाधान गर्न नयाँ आवेदन एक महिनाका लागि बन्द गरेका छौँ । हाम्रो सफ्टवेयर प्रविधि पनि त्यति बेलासम्म सुधार भइसक्छ । वैशाखदेखि ट्रायल परीक्षा पास भएको १० दिनभित्र लाइसेन्स उपलब्ध गराउँछौँ,” महानिर्देशक घिमिरेले भने । विगत लामो समयदेखि सवारी चालकहरूले सजिलैसँग स्मार्ट लाइसेन्स पाइरहेको छैनन् । विभागले खरिद गरेका स्मार्टकार्ड समयमै नआउँदा र कोरोना महामारीका कारण समयमै लाइसेन्स उपलब्ध गराउन नसकेको दाबी गर्दै आएको छ । विभागका अनुसार तत्काल पाँच लाख पुराना सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण गर्नुपर्नेछ । ‘‘आवेदन दिएको केही समयपछि नै परीक्षा सञ्चालन गर्ने तयारी छ । पहिलेभन्दा अहिले धेरै सहज भइसकेको छ,” महानिर्देशक घिमिरेले भने । विभागसँग १४ लाख स्मार्ट लाइसेन्स भएकाले सजिलैसँग स्मार्ट लाइसेन्स वितरण भइरहेको महानिर्देशक घिमिरेले जानकारी दिए । ‘‘अहिलेसम्म साढे दुई लाख स्मार्ट लाइसेन्स छापेर वितरण भइरहेको छ । अब अझै आधा बाँकी छ,” उनले भने । महानिर्देशक घिमिरेका अनुसार सवारी चालकका रुपमा विदेश जाने सेवाग्राही, विद्यार्थीलाई प्राथमिकतामा राखेर स्मार्ट लाइसेन्स वितरण भइरहेको छ । पहिलो चरणको कोरोना महामारी ०७६ चैतदेखि आवेदन बन्द गरिएको थियो । त्यसपछि दोस्रो चरणको कोरोना महामारी गत वैशाख १६ गतेदेखि आवेदन बन्द गरिएको थियो । त्यसयता पनि खुल्ने बन्द हुने क्रम रोकिएको छैन ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि