SamwadKhabar logo

               

खेलकूद

दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिता चैत दोस्रो सातादेखि

देवराज रिजाल

देवराज रिजाल

दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिता चैत दोस्रो सातादेखि
६ चैत्र, काठमाडौँ । दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिता विराटनगरमा चैत दोस्रो सातादेखि आयोजना हुन भएको छ । शनिबार मिल्स गोल्डकप फुटबल ट्रष्टले पत्रकार सम्मेलन गर्दै ‘रानी मिल्स एरियाको एतिहासिक पहिचान गराऔं। अतितदेखि वर्तमानसम्म फुटबल खेलको गरिमा बढाऔं,’ भन्ने मूल नाराका साथ प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको हो। प्रतियोगिताका संयोजक किशोर सुब्बाले चैत १२ देखि १९ गतेसम्म जुट मिलको खेल मैदानमा हुने प्रतियोगिताको अन्तिम चरणमा पुगेको बताए। संयोजक सुब्बाले भने, ‘मिल्स एरिया एउटा खेलाडी उत्पादन गर्ने थालोको रुपमा विगतमा रहेको थियो । ‘पछिल्लो समय विभिन्न कारणहरु गर्दा खेलाडी उत्पादन भएनन्। यहाँबाट फुटबलका मात्रै होइन, अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडी जन्मिएको छ।’ यस क्षेत्रमा नियमित रुपमा फुटबलसँग अन्य खेल र प्रतियोगिता आयोजना गर्दै पुनः मिल्स एरियालाई एउटा राम्रो खेलाडी उत्पादन गर्ने थलोको रुपमा विकास गर्ने सोचका साथ अघि बढेका छौं । प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले नगद १ लाख १ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गर्ने छन्। यसअघि प्रथम संस्करणमा विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए। प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ म्यान अफ द सिरिज, म्यान अफ द म्याच, नव उदयमान एक जना खेलाडी, प्रशिक्षक, गोलरक्षक, डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई नगद पुरस्कार दिइने छ। प्रतियोगिता आयोजना गर्न २५ लाख ३ हजार रुपैयाँ अनुमानित खर्च रहेको र गत वर्ष भएको पहिलो संस्करणमा ३७ हजार ४ सय ७२ रुपैयाँ मुनाफा गरेको कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए। प्रतियोगिताको पहिलो संस्करण सशस्त्र प्रहरी बलको एपिएफले साइनो स्पोर्टस क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…