SamwadKhabar logo

समाचार

विराटनगरमा विराट राजवंशी महोत्सव सुरु

संवाद खबर

संवाद खबर

विराटनगरमा विराट राजवंशी महोत्सव सुरु
चैत ६, विराटनगर । अल्पसंख्यक राजवंशी समुदायको संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यसाथ विराटनगरमा विराट राजवंशी महोत्सव सुरु भएको छ । विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगर महानगरपालिका–५, कोचाखालमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महोत्सव उद्घाटन गरेका छन् । राजवंशी समुदायको भाषा, कला र संस्कृति संरक्षण गर्ने उद्देश्यसाथ महोत्सव सुरु गरिएको आयोजकको भनाइ छ । मोरङका विराटनगर, बूढीगंगा, कटहरी र बैजनाथपुरमा अल्पसंख्यक राजवंशी समुदायको बसोबास छ । महोत्सव उद्घाटन गर्दै प्रमुख पराजुलीले राजवंशी समुदायको आफ्नै पहिचान रहेको र त्यसलाई उजागर गर्न स्थानीय सरकारको भूमिका अझ बढेको बताए । उनले भने, “सानो संख्यामा भए पनि राजवंशी समुदाय कला र संस्कृतिका दृष्टिले निकै सम्पन्न हुनुहुन्छ ।” समुदायको कला, संस्कृति र संस्कार जोगाउन महानगरले अझ धेरै काम गर्ने पराजुलीले बताए । यही चैत १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा राजवंशी समुदायका मौलिक खानपान, पहिरन र बालबालिका तथा युवाको मनोरन्जनका लागि विभिन्न खेल सामग्री राखिएको छ । यस्तै, दैनिक चर्चित कलाकारको प्रस्तुति समेत रहने बताइएको छ । महोत्सवमा ६० स्टल राखिएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि