SamwadKhabar logo

समाचार

स्वीकृति नलिई भित्तेपात्रो छापे कारबाही हुने

संवाद खबर

संवाद खबर

स्वीकृति नलिई भित्तेपात्रो छापे कारबाही हुने
  चैत ६, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो (क्यालेण्डर) को बजारमा अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुगमन समिति गठन भएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा गठित बजार अनुगमन समितिमा पञ्चाङ्गकार मुरारीराज पाण्डे र समितिका कर्मचारी खिलहरि घिमिरे सदस्य छन् । समितिले बजार अनुगमन गरी स्वीकृति नलिएका भित्तेपात्रो जफत गरी कानुनी कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयमा पेश गर्ने जनाइएको छ । समितिले विसं २०७९ का लागि हालसम्म १०० भन्दा बढी भित्तेपात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । समितिले १४ पात्रोलाई प्रकाशनको स्वीकृति दिएको छ । स्वीकृति प्राप्त भित्तेपात्रो र पात्रोले प्रकाशनका क्रममा समितिबाट स्वीकृति प्राप्त भनी उल्लेख गर्नुपर्ने व्यवस्था छ । आफूखुसी निस्किएका भित्तेपात्रोले चाडपर्व, बिदालगायत विषयमा भ्रम सृजना गरेको भन्दै सरकारले भित्तेपात्रो प्रकाशनअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गर्दै पात्रो र भित्तेपात्रो प्रकाशनअघि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरेको हो । पात्रो र भित्तेपात्रोमा आफूखुसी चाडपर्व, बिदालगायत विषय उल्लेख गर्दा समस्या भएपछि समितिले यस्तो व्यवस्था गरेको हो । भित्तेपात्रोमा मूल्य निर्धारण गरेकाले रु. १० हजार र मूल्य निर्धारण नगरेकाले रु। पाँच हजार शुल्क तिनुपर्ने व्यवस्था पनि समितिले गरेको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि