SamwadKhabar logo

समाचार

पहिरोबाट विस्थापित गाउँ पुनःस्थापना गर्न जग्गा प्रदान

देवराज रिजाल

देवराज रिजाल

पहिरोबाट विस्थापित गाउँ पुनःस्थापना गर्न जग्गा प्रदान
६ चैत्र, काठमाडौँ । सङ्खुवासभा — सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा र चेप्चेवामा गएको पहिरोका कारण विस्थापित परिवारलाई जग्गा प्रदान गरिएको छ । गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा नं १ को चित्रे गाउँमा पुनःस्थापना गर्न जग्गा प्रदान गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए । गत २०७७ साल असार २७ गते राति बेसिन्दामा पहिरो जाँदा बेसिन्दा र चेप्चेवाका ९२ घरपरिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका २५ परिवारलाई जग्गा खरिद गरी रजिष्ट्रेसन पास गरिएको र विस्थापित ९२ परिवारमध्ये ३७ परिवारलाई जग्गा खरिद गरी हस्तान्तरणको प्रक्रिया अघि बढेको अध्यक्ष कुलुङले बताए । जिल्ला विपत् व्यवस्थापन समितिले गएको फागुन २९ गते जग्गा खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरेसँगै गाउँपालिकाभित्र नै बस्न चाहने २५ घरपरिवारका लागि प्रतिरोपनी एक लाख २२ हजार ६४२ रुपैयाँमा ५३ रोपनी खरिद गरिएको गाउँपालिका अध्यक्ष कुलुङले बताए । यस्तै १२ परिवारका लागि बखल्टुम गाउँमा प्रतिरोपनी दुई लाखका दरले १७ रोपनी खरिद गरी हस्तान्तरण गर्न लागिएको बताइएको छ । पहिरोबाट विस्थापित भएका अन्य केही परिवारलाई खाँदबारी नगरपालिकासमेत ल्याउने तयारी भइरहेको उनको भनाइ थियो । सिलिचोङका पहिरो पीडित ५५ परिवारलाई भने खाँदबारी नगरपालिका ल्याउने तयारी भइरहेको र त्यसका लागि जग्गा खोजबिन समिति गठन गर्न लागिएको छ। रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि