SamwadKhabar logo

समाचार

लेटाङमा झडप हुदाँ एक प्रहरीको मृत्यु, दर्जनौ घाइते

देवराज रिजाल

देवराज रिजाल

लेटाङमा झडप हुदाँ एक प्रहरीको मृत्यु, दर्जनौ घाइते
७ चैत्र, काठमाडौँ । लेटाङ नगरपालिका–५ मा आइतबार साँझमा भएको भिडन्तमा परी एक महिला प्रहरीको मृत्यु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार आइतबार लेटाङमा भएको घटनामा परी एकजना महिला प्रहरीको मृत्यु भएको थियो। घटना भएपछि सोमबार बिहान प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रजिअ दाहालले जानकारी दिए। दोहोरो झडपमा परी प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ भने एसपीसहित २९ जना प्रहरी घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ नम्बर वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जानकारी दिए।खेरूवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै स्कुलकी एक बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिइन्। भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो। लेटाङ ५ का वडाध्यक्ष भीमसूर्य मगरले दिएको जानकारी अनुसार स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा पढ्ने एक छात्रामाथि यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र गाउँले बिहानैदेखि प्रदर्शनमा ओर्लिएका थिए। आक्रोशित विद्यार्थी र स्थानीयले शिक्षक र स्थानीय जनप्रतिनिधिलाई कोठामै थुनेर प्रदर्शन गर्दै आगजनीको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाइकल जलाइदिएका छन्।दिउँसो एक बजेतिर विद्यालयमा पुगेको प्रहरी टोलीले शिक्षकलाई नियन्त्रणमा लियो । तर, प्रहरीले आरोपित शिक्षकलाई बचाउन लगेको भन्दै गाउँलेले अवरोध गरे। छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै आक्रोशित शिक्षा विकास माविका विद्यार्थी र स्थानीयले प्रहरीसँग आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका थिए। तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको थियो। हामी यो मान्छेलाई जुत्ताको माला लगाएर लेटाङ बजार घुमाउँछौं, मोसो दल्छौं अनि तपाईँहरूले लानुहोला भन्ने गाउँलेको माग थियो,’ मोरङ प्रहरीका एक अधिकारीले सेतोपाटीसँग भने, ‘हामीले त्यसो गर्न हुँदैन, मिल्दैन भन्यौं। गाउँलेले हाम्रो र जनप्रतिनिधि कसैको कुरा सुन्न मानेनन्।’ प्रहरी नियन्त्रणमा रहेका व्यक्ति खोस्ने प्रयास बारम्बार भएको र आफूहरूले त्यसो गर्न नदिएको प्रहरी भनाइ छ। साँझ पाँच बजेसम्म पनि गाउँलेले प्रहरीलाई ती शिक्षक लिएर जान दिएनन्। त्यसपछि साँझमा झडप नै भयो। ‘हामीले बल प्रयोग नगरेकै हो,’ घटनास्थलमा खटिएका एक प्रहरीले भने, ‘दिउँसो एक बजेदेखि साँझसम्म हामीलाई गाउँलेले रोके। तैपनि हामीले सम्झाउने प्रयास गरिरह्यौं। तर, अन्त्यमा हामीमाथि आक्रमण भयो।’ भीडले उग्र रूप लिएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेको थियो। स्थानीयका अनुसार यसक्रममा एक युवकलाई पनि गोली लागेको छ। तर, यसबारे प्रहरीले आधिकारिक जानकारी अझै दिएको छैन। के हो घटना चैत ४ अर्थात तराईको होलीका दिन ती शिक्षक छात्राको घरमा पुगेका थिए। घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए। पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफूमाथि दुर्व्यवहार गरेको छात्राले बताएकी छन्। ‘गएको तिहारदेखि यता उहाँ पटक–पटक हाम्रो घरमा आउने, मसँग पानी माग्ने र दुर्व्यवहार गर्नुहुन्थ्यो,’ छात्राको भनाइ उद्धृत गर्दै वडा नम्बर ५ का अध्यक्ष मगरले सेतोपाटीसँग भने, ‘ती नानीले यसो भनेपछि हामीले प्रहरी बोलाएका हौं। प्रहरीले लगेर छानबिन गरोस् भन्ने थियो। तर स्थानीय र विद्यार्थीलाई प्रहरीले आरोपित बचाउन लागेको भन्ने सोच्नुभयो। फलतः झडपको अवस्था आयो।’

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि