SamwadKhabar logo

               

खेलकूद

बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको मैदानमा सहजै हरायो

देवराज रिजाल

देवराज रिजाल

बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको मैदानमा सहजै हरायो
७ चैत्र, काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियललाई ४/० को फराकिलो अन्तरले उसैको मैदानमा सहजै हराएको हो। सान्टियागो बर्नाबाउमा बार्सिलोनालाई जिताउन पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १/१ गोल गरे भने पहिलो हाफमा २/० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप २ गोल गर्दै सानदार जित निकालेको हो। बार्सिलोनाले खेलको २९ औं मिनेटमा सुरूवाती अग्रता लिएको थियो र ओस्मान डेम्बेलेको क्रसमा औबामेयाङले हेडरमार्फत गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा अराउजोले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा अग्रता दोब्बर बनाए। दोस्रो हाफको दोस्रो मिनेटमा नै टोरेसले गोल गर्दै घरेलु टोलीलाई थप दबाबमा राखे। खेलको ५१ औं मिनेटमा औबामेयाङले गोल गर्दै बार्सिलोनाको अग्रता ४/० मा पुर्‍याए। त्यसपछि खेलमा थप गोल हुन सकेन। बार्सिलोना २८ खेलमा ५४ अंकसहित तेस्रो स्थानमा छ।शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २९ खेलमा ६६ अंक छ। दोस्रो स्थानमा सेभिल्लाको २९ खेलमा ५७ अंक छ। चौथो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडको २९ खेलबाट समान ५४ अंक छ।

ताजा

सबै

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

ललितपुरबाट ११५ थान नक्कली नोटसहित युवक पक्राउ

३१ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर८ सौगलबाट प्रहरीले १ हजार दरका …

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

बजेट अभावले ललितपुरको रुद्रायणीदेवी मन्दिर पुनः निर्माणमा ढिलाइ

२७ भाद्र, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा रहेको रुद्रायणीदेवी मन्दिर पुन…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…