SamwadKhabar logo

               

खेलकूद

विद्यालयहरु खेलमैत्री हुनुपर्छः मन्त्री अथक

संवाद खबर

संवाद खबर

विद्यालयहरु खेलमैत्री हुनुपर्छः  मन्त्री अथक
चैत ७, काठमाडौँ ।  युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताउनुभएको छ । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानियस्तरबाटै खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय खेलमैत्री हुनुपर्ने बताउनुभएको हो । सामुदायिक विद्यालयहरुले खेलकुदको विकासकालागि अहम भुमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री अथकले भन्नुभयो, “हाम्रा प्राय सबै समुदायिक विद्यालयहरु खेलमैत्री छन । संस्थागत भन्दा सामुदायिक विद्यालयहरुको आफ्नै खेल मैदान प्रयाप्त छन, त्यसको सदुपयोग गर्दै खेल क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरुले अहम भुमिका निर्वाह गर्नुपर्छ ।” नेपाल सरकारले सामुदायिक विद्यालय सुधारकालागि विभिन्न योजनाहरु लागु गरेको उल्लेख गर्दै मन्त्री अथकले शैक्षिक सुधारकालागि शिक्षक तथा अभिभावकहरु समेत जागरुक हुनुपर्ने बताउनुभयो । शनिबार गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले आईतबार विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गर्नुभएको थियो । शिक्षा मन्त्रालयको विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत ४० लाख लागतमा विद्यालयको ४ कोठाको भवन निर्माण गरीएको विद्यालयका प्रधानाध्यापक विनोद लम्सालले जानकारी दिनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…