SamwadKhabar logo

समाचार

उपत्यकामा विषाक्त वायु, मर्निङवाक समेत नगर्न विज्ञहरुको सुझाव

संवाद खबर

चैत १५, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण झन् बढेको छ । वायुको गुणस्तर अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको देखाइएको हो । एक्यूआई १५० भन्दामाथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । विषाक्त वायुले स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै विज्ञहरुले मर्निङवाकमा समेत नजान सुझाव दिएका छन् । उपत्यकामा ८ देखि ९ र दिउँसो ३ बजेसम्मको वायु धेरै प्रदूषित हुने गरेको पाइएको छ । अत्यधिक सवारी चापका कारण यहाँको वायु प्रदूषण विकराल बन्दै गएको पनि रिपोर्टमा जनाइएको छ । त्यसमाथि पछिल्लो समय देशका विभिन्न स्थानमा लागिरहेको डढेलोले पनि वायु प्रदूषण झन बढाएको छ । सोमबारको अनुगमनमा देशका ८४ स्थानमा डढेलो लागिरहेको छ । यसैबीच, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय वायु प्रणाली सक्रिय भएकाले उपत्यकासहित देशका पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । आज दिनभर प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य क्षेत्रमा पनि आंशिक बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि