SamwadKhabar logo

समाचार

संक्रमण दर शून्य भएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त

संवाद खबर

संवाद खबर

संक्रमण दर शून्य भएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त
चैत १५, काभ्रेपलाञ्चोक । जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो । चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीएमसी) का सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए । उनका अनुसार यसअघि कोरोना संक्रमणको दोस्रो लहरपश्चात अर्थात् मंसिरमा पहिलोपटक जिल्ला कोरोना संक्रमणमुक्त भएको थियो । सदरमुकाम धुलिखेलस्थित प्रदेश प्रयोगशालामा कोरोना लक्षण देखिएका व्यक्तिको परीक्षण भइरहने सेढाईँले बताए । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । चार दिनअघि बनेपा नगरपालिकामा रहेका एक कोरोना संक्रमित पुरुष निको भएपछि जिल्ला कोरोना संक्रमणमुक्त भएको हो । केन्द्रका अनुसार जिल्लामा हालसम्म दुई वर्षको अवधिमा १७ हजार ५५६ मा संक्रमण देखिएकामा १९५ जनाको मृत्यु भएको थियो । कोरोना संक्रमणको तेस्रो लहरमा जिल्लाका एक पुरुषको मृत्यु भएको हो । यसैबीच, जिल्लाको मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिलेटरमा उपचार गराएकालाई समेत सहयोग गरेको छ । मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु। ५० हजार र भेन्टिलेटरमा उपचार गरेकालाई रु. २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो । कोरोना संक्रमणबाट उक्त नगरका १८ जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए । यस्तै पनौती नगरले पनि कोरोना संक्रमणबाट मृत्यु भएकाको प्रतिपरिवारलाई रु. २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको छ । नगरमा कोभिड–१९ को संक्रमणबाट १९ जनाको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि