SamwadKhabar logo

समाचार

भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका खाद्य सामाग्री नष्ट

संवाद खबर

संवाद खबर

भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका खाद्य सामाग्री नष्ट
चैत १५, भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका ज्ञानकुञ्ज र दुधपाटीमा १० वटा खाद्य पसल अनुगमन गरिएको छ। अनुगमन गर्दा तराजु नवीकरण नभएको र म्याद नाघेको सामानहरु जफत गरि नष्ट गरेको जनाइएको छ। अनुगमनमा सिद्धपोखरी किराना पसल दर्ता प्रमाणपत्र सबैले देखिने गरि पसलमै राख्न, साइनबोर्ड राख्न, मूल्यसूची राख्न, म्याद नाघेको सामान छुट्टै राख्न, म्याद नाघेको सामान नेस्टलेको एभरिडे दूध एक पाकेट, छोटे छोटे मिनी पापड तीन पाकेट, शक्ति घ्यु तीन पाकेट, पैंचो मिक्स अचार एक पाकेट, आलु भुजिया एक पाकेट, म्याजिक मसला एक पाकेट जफत गरि नष्ट गर्न निर्देशन दिइएको छ । सुनिल स्टोरमा साइनबोर्ड राख्न, मूल्यसूची राख्न, प्याकेजिग सामान खाद्यको अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिइएको छ। यस्तै एस स्टोर किरान पसलमा दर्ता भएकाले मिनीमार्टमा अपडेट गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, मूल्यसूची राख्न, प्याकेजिङ सामान खाद्यको अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न, जगदम्बा धनियाँ धुलोमा लेबलमा म्याद नाघ्ने मिति नभएको ६ पाकेट र म्याद नाघेको सामानहरु उपकार टिमुर तीन पाकेट, ट्रिकर च्वाइस विस्कुट नौ पाकेट, २०२० कुकिज विस्कुट ठूलो नौ पाकेट र सानो नौपाकेट जफत गरि नष्ट गरियो। भाजु पोखरी किराना पसल दर्ता नवीकरण गर्न, मूल्यसूची राख्न, साइनबोर्ड राख्न निर्देशन दिएको छ। यस्तै, नसाः छें पसल दर्ता नभए तीन दिनभित्र दर्ता गर्न र दर्ता भए प्रमाणपत्र पसलमा सबैले देखिने गरि राख्न निर्देशन दिइएको छ। साथै उषा व्यूटिपार्लर दर्ता नभएकाले त्यहीं दर्ता गराइयो । सिद्धपोखरी कफी एन्ड वेकरी हाउसलगायत पसल अनुगमन गरिएको वडा निरीक्षक।रामकृष्ण प्रजापतिले बताए। अनुगमनमा अनुगमन समितिका सदस्यहरु हरिराम सुवाल, रोशनमैया सुवाल, भनपा श्यानिटेसका नगर निरीक्षक दिलीपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका अर्जन खाइतु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक दिपक भारती, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघका राजु त्वानाबासू, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवा सहभागी थिए।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि