SamwadKhabar logo

               

खेलकूद

त्रिदेशीय शृंखला : मलेसियाविरुद्ध खेल्दै नेपाल

संवाद खबर

संवाद खबर

त्रिदेशीय शृंखला : मलेसियाविरुद्ध खेल्दै नेपाल
चैत १६, काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज दोस्रो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । शृंखलामा नेपाल र मलेसिया दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् । दुबैले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएका थिए । पीएनजीविरुद्ध नेपाल १५ रनले विजयी भएको थियो भने मलेसियाले ८ रनको विजय हासिल गरेको थियो । नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ः३० बजे सुरु हुनेछ । दुई देशको पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने नेपाल बलियो देखिन्छ । नेपालले चार खेल जितेको छ भने मलेसिया एक खेलमा विजयी भएको छ । २०१९ जुलाईमा नेपालले मलेसिया भ्रमण गरेको थियो । दुई खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले क्लिन स्विप गरेको थियो । २०२० फेब्रुअरीमा थाइल्यान्डको बैंककमा सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रिय छनोट प्रतियोगितामा भने नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो । गत वर्ष काठमाडौंमै सम्पन्न नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय शृंखलामा भने नेपालले दुबै खेल जितेको थियो । कीर्तिपुरमा नेपालले पहिलो खेल ९ विकेटले जितेको थियो भने दोस्रो खेलमा ६९ रनको विजय हासिल गरेको थियो । उक्त त्रिदेशीय शृंखलापछि मलेसियाले पहिलो पटक प्रतिस्पर्धात्मक खेल खेलेको हो । नेपालका कप्तान सन्दीप लामिछानेले मलेसियाले एक वर्षपछि खेल्न लागेको भए पनि आफूले कमजोर नआक्ने बताएका छन् । ‘‘मलेसियाले एक वर्षसम्म प्रतिस्पर्धात्मक खेल खेलेको छैन भन्ने सुनेको छु,’’ सन्दीपले मलेसियाविरुद्धको खेलबारे भने, ‘‘तर हामी उहाँहरूलाई सहज रूपमा लिदैनौँ ।’’

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…