SamwadKhabar logo

               

खेलकूद

प्रशिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सुरु

संवाद खबर

संवाद खबर

प्रशिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
चैत १६, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्ने बताउनुभएको छ । बुधबारबाट काठमाण्डौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी रुपमा तालिम संचालन गर्नुपर्ने बताउनुभएको हो । स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन खेल प्रशिक्षकको भुमिका महत्वपूर्ण रहने उल्लेख गर्दै मन्त्री अथकले देशभरका सबै खेल प्रशिक्षहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सातै प्रदेशमा यस प्रकारको तालिम संचालन गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई निर्देशन समेत दिनुभयो ।  निकट भविष्यमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनको तयारी भईहरहेको जानकारी दिदैं त्यसको तयारीमा लाग्न समेत मन्त्री अथकले प्रशिक्षकहरुलाई निर्देशन दिनुभयो ।   “नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन कार्यविधि तयारी अवस्थामा रहेको छ, आवश्यक अध्ययन पछि प्रतियोगिताको मिति तय हुन्छ” मन्त्री अथकले भन्नुभयो, “सात वटै प्रदेशबाट उत्कृष्ट खेलाडी सहभागी हुने गरी तयारी सुरु गर्नुहोस ।”  प्रदेशले पहिलो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरीसकेको तर्फ ईगित गर्दै मन्त्री अथकले अन्य प्रदेशहरुलाई समेत तत्काल प्रतियोगिता संचालन गर्न निर्देशन दिनुभएको छ । कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले एन्टि डोपिङ सम्बन्धि प्रशिक्षण समेत आवश्यक रहेको बताउनुभयो ।  राष्ट्रिय खेलकुद परिषद (राखेप) द्धारा ७ दिनसम्म संचालित क्षमता अभिबृद्धि तालिममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको तालिम तथा प्रशिक्षण विभाग प्रमुख अर्जुन बहादुर विकले जानकारी दिनुभयो ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा हुने

२५ भाद्र, काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गा…

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

२३ भाद्र, काठमाडौं । पेरिसमा हालै सम्पन्न भएको पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहा…

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

तेक्वान्दो खेलाडी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

१९ भाद्र, काठमाडौं । पारालिम्पिक्समा पदक जित्नुभएको तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई…

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

एन्फाले उपविजेता खेलाडीलाई जनही ५० हजार दिने

१८ भाद्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू २० च्याम्पियनसिपको उपविज…