SamwadKhabar logo

समाचार

सगरमाथा आरोहण मार्ग बनाउनेहरू क्याम्प एकमा

संवाद खबर

संवाद खबर

सगरमाथा आरोहण मार्ग बनाउनेहरू क्याम्प एकमा
चैत १७, काठमाडौँ । यस वर्षको सगरमाथा आरोहणको मार्ग पहिलो क्याम्पसम्म निर्माण सम्पन्न भएको छ । आइसफल डाक्टरहरुको टोलीले आरोहणको अप्ठ्यारो मार्ग मानिने खुम्बु आइसफलमा भ¥याङ र डोरी टाँगेर बिहीबार पहिलो क्याम्पसम्म पु¥याएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख प्रशासकीय अधिकृत छिरिङ शेर्पाले जानकारी दिनुभयो । आधार शिविरदेखि छ हजार दुई सय मिटरको दोस्रो क्याम्पसम्म बाटो बनाउन निजी संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति सोलुखुम्बुले जिम्मा लिएको छ । हिउँको जंगलको नामले चिनिने खुम्बु आइसफलमा सात मिटर लामो चारदेखि छ वटासम्म भ¥याङ जोडेर बाटो बनाउनुपर्ने बाध्यता रहेको शेर्पाले जानकारी दिनुभयो । गतवर्षहरुमा ४० देखि ५० वटासम्म भ¥याङ प्रयोग हुँदै आए पनि यस वर्षभने ७० वटासम्म लाग्न सक्ने भन्दै संस्थाले तयारी गरेको उहाँले जानकारी दिनुभयो । खुम्बु आइसफल हुँदै सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण हुने गर्दछ । यता समितिले भने अप्रिलको पहिलो सातासम्ममा दोस्रो क्याम्पसम्म बाटो निर्माणसम्पन्न गरिसक्ने जनाएको छ । त्यसपछि दोस्रो क्याम्पदेखि चुचुरोसम्म आरोहण सञ्चालक सङ्घले बाटो निर्माण गर्न सेभेन समिट ट्रेक्सलाई जिम्मा दिएको जनाएको छ । ११ हजार मिटर डोरी टाँगेर चुचुरोसम्मको बाटो निर्माण गर्ने गरी कीर्तिमानी आरोही गाइड कामीरिता शेर्पाको नेतृत्वमा टोली आधारशिविरमा तयारी अवस्थामा रहेको ट्रेकका निर्देशक छाङदावा शेर्पाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । यी हिमालहरु आरोहणका लागि आउने आरोहीसँग प्रतिव्यक्ति सगरमाथा प्रदूषण नियन्त्रण समितिले छ सय डलर र आरोहण सञ्चालक सङ्घले दुई सय डलर गरी आठ सय डलर असुल गर्दै आएका छन् । गतवर्षको तुलनामा यस वर्ष सगरमाथा आरोहीको संख्यामा कमी आउने व्यवसायीहरुले जनाए पनि आएका आरोहीलाई मे महिनाको पहिलो सातासम्ममा आरोहण सम्पन्न गर्ने तयारी भएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि