SamwadKhabar logo

समाचार

लालबहादुर ऐरी गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त

देवराज रिजाल

देवराज रिजाल

लालबहादुर ऐरी गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त
१८ चैत्र, काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ निवासी पत्रकार ऐरीलाई संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन २७ गते संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको थियो जसमा सहभागी १० जना प्रतिस्पर्धीबाट सरकारले उहाँलाई सिफारिस गरेको हो । नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाको सचिव र नेपाल प्रेस युनियन डडेल्धुराको संस्थापक सभापतिको जिम्मेवारीसमेत उहाँले निर्वाह गर्नुभएको छ । हाल उहाँ युनियनको सुदूरपश्चिम प्रदेश संयोजक हुनुहुन्छ । गोरखापत्रजस्तो ऐतिहासिक तथा गौरवमय इतिहास बोकेको दक्षिण एसियाकै पुरानो अखबारमा नयाँ सदस्यका रूपमा काम गर्ने अवसर पाउनु आफ्ना लागि गर्वको विषय भएको प्रतिक्रिया उहाँले दिनुभयो । नेपाल सरकार र सहयोगीप्रति आभार व्यक्त गर्दै, उहाँले गोरखापत्रमा आबद्ध दक्ष र अनुभवी पत्रकार तथा कर्मचारीहरूसँग सहकार्य गरी संस्थानको सुधार र हितमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।यसैबीच न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा सङ्गीता खड्का नियुक्त हुनुभएको छ । मन्त्रालयले फागुन २७ गते समितिको अध्यक्षका लागि दरखास्त आह्वान गरेको थियो । त्यसैको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले खड्कालाई अध्यक्ष नियुक्त गरेको हो । विभिन्न सञ्चार संस्थामा काम गर्नुभएकी उहाँ नेपाल पत्रकार महासङ्घको पूर्वसचिव हुनुहुन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि